१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार
कपुरकोटमा कुकुरको टोकाइबाट चार जना घाइते, गाउँपालिकालाई छैन कुनै चासो
कपुरकोटमा कुकुरको टोकाइबाट चार जना घाइते, गाउँपालिकालाई छैन कुनै चासो
  • paschimpatra

ELLSWORTH AIR FORCE BASE, S.D. -- Bak, 28th Security Forces Squadron military working dog, bites down on Staff Sgt. Kevin Nelson, 28 SFS K-9 unit trainer, during a training session, June 24. Sergeant Nelson wears a Òbite suitÓ to protect his legs from serious injury during the training. (U.S. Air Force photo/Airman 1st Class Anthony Sanchelli)

सल्यान । कुकुरको टोकाइबाट सल्यानमा चार जना घाइते भएका छन् । जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ३ मा कुकुरको टोकाइबाट दुई बालक सहित चार जना घाइते भएका हुन् । वहुला कुकुरले टोकेको भन्दै स्थानीय त्रासमा छन् । कपुरकोट तल्लो बजार निवासी उत्तम खड्काको ६ वर्षिय छोरा सुरज मंगलबार कुकुरको टोकाइबाट गम्भीर घाइते भएपछि उपचारका लागि काठमाण्डौँ लगिएको छ ।

स्थानीय रुद्रवीर कवरका अनुसार सोबार र मंगलबार गरेर कपुरकोटमा कुकुरले २२ वर्षिय दिपा भण्डारी, दुई बालक र एक पुरुषलाई टोकेको थियो । कुकुरले एक किसानको बाख्रालाई समेत टोकेको थियो । प्रहरी चौकी कपुरकोटका अनुसार कुकुरले मानिसलाई टोकेको सुन्नमा आएको र यसबारे विवरण संकलनको कार्य भइरहेको छ ।

कुकुरले चार जना मानिसलाई टोकिसक्दा र त्रास फैलदा समेत गाउँपालिकाले कुनै चासो नदिएको भन्दै स्थानीयले गुनासो गरेका छन् । छोरोलाई उपचारका लागि काठमाण्डौ पुगेका उत्तमले भने, ‘कुकुरले टोकेर मानिसलाई घाइते बनाइसक्यो । तर गाउँपालिकाले कुनै पनि चासो दिएको छैन ।’ सडकका कुकुरको समयमै व्यवस्थापन र नियन्त्रण हुन नसक्ने हो भने रेविज फैलन सक्ने स्थानीयको चिन्ता छ ।

भुस्या कुकुरको व्यवस्थापन र रेविज नियन्त्रणका लागि कपुरकोट गाउँपालिकासंग कुनै योजना भएको देखिदैन । कुकुरलाई रेविज विरुद्धको खोप दिने र भुस्या कुकुर व्यवस्थापनका लागि चालु आर्थिक वर्षमा कुनै पनि बजेट तथा योजना नरहेको गाउँपालिकाका योजना शाखा प्रमुख खगेन्द्र बहादुर शाहीले जानकारी दिए । कुकुरले मानिसलाई टोकेको र रेविजको त्रास फैलिएकोबारे थाहा भएपनि यसतर्फ गाउँपालिकाका जनप्रतिनिधीहरुले कुनै चासो नदिएको स्थानीयहरु बताउँछन् ।

  • १७ फाल्गुन २०७९, बुधबार प्रकाशित
  • Nabintech