१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार
निर्माण ब्यवसायी संघ जाजरकाेटको अध्यक्षमा कार्की
निर्माण ब्यवसायी संघ जाजरकाेटको अध्यक्षमा कार्की
  • paschimpatra

जाजरकाेट । निर्माण ब्यवसायी संघको अध्यक्षमा रणबहादुर कार्की निर्वाचित भएका छन् ।

सहमति जुट्न नसकेपछि मंगलवार नयाँ कार्यसमिति छनौटका लागि भएको निर्वाचनमा बुद्धिबहादुर खत्रीलाई १२ मतको अन्तरले पराजित गदै कार्की अध्यक्षमा निर्वाचित भएका हुन् । ८९ मत खसेकोमा ३ मत बदर भएको थियो ।

कार्कीले ४९ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी खत्रीले ३७ मत प्राप्त गरेका थिए ।

बरिष्ठ उपाध्यक्षमा दिर्घजंग सिंह, उपाध्यक्षमा भक्तबहादुर बस्नेत र इश्वरी खत्री, महासचिवमा भीमबहादुर शाह, सचिवमा गणेश बटाला र कोषाध्यक्षमा विजयश्वरी खड्का निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा अनिल कुमार आरसी, मुकुन्द प्रसाद शर्मा, चित्रबहादुर बोहरा, मानबहादुर खड्का, चित्रबहादुर शाही र दुर्गाबहादुर श्रेष्ठ निर्वाचित भएको निर्वाचन अधिकृत भीमबहादुर सिंहले बताए ।

नवनिवाचित अध्यक्ष कार्कीले सवै राजनैतिक दल र मतदातालाई धन्यवाद दिए ।

  • १७ फाल्गुन २०७९, बुधबार प्रकाशित
  • Nabintech