१६ चैत्र २०८०, शुक्रबार
१६ चैत्र २०८०, शुक्रबार
टेलिकमको फोरजी सेवासहितको टावर जन्ते लेकमा सञ्चालन
टेलिकमको फोरजी सेवासहितको टावर जन्ते लेकमा सञ्चालन
  • न्युज डेस्क

जाजरकोट । जिल्लाको बारेकोट गाँउपालिकाको जन्ते लेकमा नेपाल टेलिकमको फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालनमा आएको छ ।

मंगलबार सेपूखोलामा कर्णाली प्रदेशका प्रदेशसभा सदस्य बेदराज सिंहले एक कार्यक्रमका विच टावरको उद्घाटन गर्दै फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालनमा आएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य सिहंले जन्तेलेकको टावर सञ्चालनमा आएपछि बारेकोट र नलगाडका जनतामा संचारको पहँच पुगेकोमा खुसी ब्यक्त गर्दै नेपाल टेलिकमलाई धन्यवाद दिनुका साथै अन्य क्षेत्रमा पनि टावर निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

जिल्लाका ७ वटै स्थानीय तहमा फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालन गर्ने लक्ष्य लिएको टेलिकमले जन्ते लेकमा नेपाल टेलिकमको फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालनमा ल्याइएको र यसबाट बारेकोट गाँउपालिका र नलगाड नगरपालिकाका अधिकांश भेगका सेवाग्राही लाभान्वित हुने नेपाल टेलिकम जाजरकोटका कार्यालय प्रमुख गोपेन्द्र अधिकारीले बताउनुभयो ।

जिल्लाका अधिकांश भेगमा फोरजी सेवासहितको २० वटा स्थानमा टेलिफोन टावर सञ्चालनमा ल्याएपछि ३ नगर र ४ गाउँपालिका रहेको जिल्लामा नमस्ते मोबाइल प्रयोग गर्ने सेवाग्राहीको सङ्ख्यासमेत वृद्धि हुँदै गएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

  • १० फाल्गुन २०७९, बुधबार प्रकाशित
  • Nabintech