८ बैशाख २०८१, शनिबार
८ बैशाख २०८१, शनिबार
भिरबाट खस्दा जाजरकोटमा एक जनाको मृत्यु
भिरबाट खस्दा जाजरकोटमा एक जनाको मृत्यु
  • paschimpatra

जाजरकोट । जाजरकोटमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

नलगाड नगरपालिका वडा नम्बर १ पालीका अन्दाजी ६५ वर्षका भद्र कामीको भिरबाट लडेर मृत्यु भएको हो ।

कामी शनिवार खच्चडमा सामान लिई नलगाड नगरपालिका १ जुरेली तर्फ गएको र दुई दिन सम्म पनि घरमा नर्फकिएपछि खोजतलास गर्दै जाँदा भिरबाट लडि मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

उक्त स्थानमा ईलाका प्रहरी कार्यालय दल्लीबाट प्रहरी नायव निरीक्षक दल बहादुर बिष्टको कमाण्डमा ५ जनाको टोली खटिएको छ ।

  • ८ फाल्गुन २०७९, सोमबार प्रकाशित
  • Nabintech