८ बैशाख २०८१, शनिबार
८ बैशाख २०८१, शनिबार
पुर्व सहायक मन्त्री स्व‍. शाहकाे बार्षिक स्मृतिमा विरामीलाई फलफुल वितरण
पुर्व सहायक मन्त्री स्व‍. शाहकाे बार्षिक स्मृतिमा विरामीलाई फलफुल वितरण
  • paschimpatra

जाजरकाेट । पुर्व सहायक मन्त्री स्व. तेज विक्रम शाहकाे प्रथम बार्षिक स्मृतिमा विरामीलाई फलफुल वितरण गरिएकाे छ ।

स्व शाहकाे प्रथम बार्षिक स्मृतिमा जिल्ला अस्पता जाजरकाेटमा रहेका विरामीलाई भेरी नगरपालिका वडा नं ३ का वडा अध्यक्ष लिला बहादुर शाह बाट फलफुल वितरण गरिएकाे थियाे ।

त्यसैगरी स्मृतिकै सन्दर्भमा साेही दिन बेलुका अनाथ आश्रम भेरी नगरपालिका ३ मा रहेका बालबालिकालाई खाना समेत खुवाईएकाे थियाे ।

स्व. शाहकाे प्रथम बार्षिक स्मृतिकै दिन आईतबार जिल्ला प्रशासन कार्यालय जाजरकाेटमा तेज विक्रम शाह स्मृति प्रतिष्ठान नामक संस्था समेत दर्ता गरिएकाे र साेही संस्थाकाे तर्फ बाट जिल्ला अस्पताल जाजरकाेटमा रहेका विरामीलाई फलफुल वितरण र अनाथ आश्रममा रहेका बालबालिकालाई खाना खुवाईएकाे प्रतिष्ठानका संयाेजक कृष्ण विक्रम शाहले बताउनुभयाे ।

  • १ फाल्गुन २०७९, सोमबार प्रकाशित
  • Nabintech