६ चैत्र २०८०, मंगलवार
६ चैत्र २०८०, मंगलवार
कृषक समूहलाई बाख्रा वितरण तथा अनुगमन
कृषक समूहलाई बाख्रा वितरण तथा अनुगमन
  • पवन शर्मा

जाजरकोट । पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटले छेडागाड नगरपालिका वडा नं. ४ मा बाख्राबोका वितरण तथा अनुगमन गरेको छ ।

कार्यालयले प्रदेश कार्यक्रम “लक्षित बर्ग कृषि ब्यवसाय प्रवर्धन कार्यक्रम” अन्तरगत छेडागाड नगरपालिका वडा नं. ४ मा संचालित उद्यमशिल कृषक बाख्रा पालन समुहलाई उन्नत जातका बाख्राबोका वितरण गर्नुका साथै अनुगमन गरेको हो ।

बाख्रा पालनबाट किसानहरुको आर्थिक जीवनस्तर माथि उठाउनका लागि ब्यवसायिक बाख्रापालनलाई प्रोत्साहन गर्ने प्रदेश सरकारको नीति अनुरुप बाख्रा तथा बोका वितरण गरिएको हो ।

कार्यालयले उद्यमशिल कृषक बाख्रा पालन समुहसंग सम्झौता गरेको र उक्त समुहले खरिद गरि ल्याएका उन्नत जातका बाख्राबोका वितरणका साथै अनुगमन गरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटका कार्यालय प्रमुख कलम बहादुर महताराले बताउनुभयो । समूहमा आबद्ध १३ महिलालाई उन्नत जातका बाख्रा तथा बोका वितरण गरिएको महताराले बताउनुभयो ।

उद्यमशिल कृषक बाख्रा पालन समुहका अध्यक्ष जैसेरा थापाले प्रदेश सरकारले बाख्रा पालक कृषकहरुको मागलाई सम्बोधन गरेर रकम उपलब्ध गराई बोकाबाख्रा पाउदा आफुहरु खुशि भएको बताउनुभयो ।

त्यसैगरी छेडागाड नगरपालिकाका उप प्रमुख चन्द्र बहादुर थापाले उन्नत जातका बाख्रा वितरणपछि छेडागाड नगरपालिका वडा नं ४ मा बाख्राको प्रवर्द्धन हुन्छ भन्ने नगरपालिकाको उद्देश्य रहेको र बाख्रा प्रवर्द्धन कार्यक्रमलाई आयआर्जनसँग जोडेर आगामी दिनमा यी बाख्राबाट धेरै उत्पादन गर्ने गरी अगाडि बढ्न आग्रह गर्नुभयो ।

  • ९ माघ २०७९, सोमबार प्रकाशित
  • Nabintech