६ चैत्र २०८०, मंगलवार
६ चैत्र २०८०, मंगलवार
राष्ट्रिय भुमि आयोग जाजरकोटद्धारा छेडागाडमा निवेदन दर्ताको निस्सा वितरणको तयारी
राष्ट्रिय भुमि आयोग जाजरकोटद्धारा छेडागाडमा निवेदन दर्ताको निस्सा वितरणको तयारी
  • paschimpatra

जाजरकाेट । राष्ट्रिय भूमि आयोग, जाजरकोट छेडागाड नगरपालिकाले निवेदन दर्ताको निस्सा वितरण गर्ने तयारी गरेको छ ।

भुमिहिन सुकुम्बासी, भुमिहिन दलित र अव्यवस्थित बसोबासीहरुको लगत संकलनको काम सम्पन्न भएपछि राष्ट्रिय भूमि आयोग, जाजरकोट छेडागाड नगरपालिकाले निवेदन दर्ताको निस्सा वितरण गर्ने तयारीमा लागेको हो ।

निस्सा वितरण पश्चात भुमिहिन सुकुम्बासी तथा दलित र अव्यवस्थित बसोबासीले लालपूर्जा प्राप्तीको ५० प्रतिशत काम सम्पन्न भएको मानिने प्रावधान रहेको छ ।

छेडागाड नगरपालिकाका १३ वटै वडाबाट १५ जना भुमिहिन दलित, ४ जना भुमिहिन सुकुम्बासी र १ हजार ६ सय ५० अव्यवस्थित बसोबासी गरी १ हजार ६६९ जनाको लगत संकलन भई अनलाईन प्रविष्ट भएको राष्ट्रिय भुमि आयोग, जाजरकोटले जनाएको छ ।

त्यसैगरी बारेकोट गाउँपालिकामा ३ जना भुमिहिन दलित, २ जना भुमिहिन सुकुम्बासी र ४० जना अव्यवस्थित बसोबासी गरी ४५ जनाको लगत संकलन भई अनलाईन प्रविष्ट भएको छ । शिवालय गाउँपालिकामा २ जना भुमिहिन दलित र ३५ जना अव्यवस्थित बसोबासी गरी ३७ जनाको लगत संकलन भई अनलाईन प्रविष्ट भएको छ । भेरी नगरपालिकामा ३४ जना अव्यवस्थित बसोबासीको लगत संकलन भई अनलाईन प्रविष्ट भएको छ ।

जुनीचाँदे, कुशे गाउँपालिका र नलगाड नगरपालिकामा भुमिहिन दलित तथा सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको लगत संकलन गरी अनलाईन प्रविष्ट गर्ने काम अगाडी बढ्न सकेको छैन् ।

राष्ट्रिय भुमि आयोग, जाजरकोटका अनुसार हालसम्म जिल्लामा २० जना भुमिहिन दलित, ६ जना भुमिहिन सुकुम्बासी र १ हजार ७७९ जना अव्यवस्थित बसोबासी गरी जम्मा १ हजार ८०५ जनाको लगत संकलन भई अनलाईन प्रविष्ट भएको छ ।

राष्ट्रिय भुमि आयोग, जाजरकोट जिल्ला समितिको बैठक बस्नुको साथै आबश्यक निर्णय गरेर छेडागाड नगरपालिकामा निवेदन दर्ताको निस्सा वितरण गर्ने तयारी भईरहेको राष्ट्रिय भुमि आयोग, जाजरकोटका बिज्ञ सदस्य नवराज शाहीले जानकारी दिएका छन् ।

२०५२ सालमा छुट नापी गरेर सेतो पुर्जा प्राप्त गरेका भेरी नगरपालिका–२ पुरानो रिसाङ्गका नागरिकहरुको लगत संकलन गरी अनलाईन प्रविष्ट गर्न सकेको भए तत्कालै लालपुर्जा वितरण गर्न सकिने अबस्था रहेको विज्ञ सदस्य शाहीले भनाइ रहेकाे छ ।

  • २ माघ २०७९, सोमबार प्रकाशित
  • Nabintech