१२ बैशाख २०८१, बुधबार
१२ बैशाख २०८१, बुधबार
जाजरकोटमा ८५ हजार भेडाबाख्रालाई पिपिआर खोप लगाईदै
जाजरकोटमा ८५ हजार भेडाबाख्रालाई पिपिआर खोप लगाईदै
  • paschimpatra

जाजरकोट । जाजरकोटमा ८५ हजार भेडाबाख्रालाई पिपिआर खोप लगाईने भएको छ । राष्ट्रिय खोप तालिका अनुसार एक हप्ते खोप अभियान अन्तर्गत सात वटै पालिकाका ८५ हजार भेडाबाख्रालाई खोप लगाईने पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटका निमित्त प्रमुख कमल महताराले जानकारी दिए ।

उनका अनुसार आगामी माघ ०२ गते देखि खोप अभियान सुरु हुनेछ । पालिकाले खोप लगाउने जनशक्ति नियूक्त गरेको र ८५ हजार पिपिआर खोपको डोज जिल्लामा आईसकेको महताराको भनाई छ ।

प्रत्येक पालिकाले किसानलाई पायक पर्ने ठाउँमा खोप केन्द्र बनाउनेछन् । प्रत्येक किसानलाई आफुले पालेका भेडाबाख्राकालाई खोप लगाउन प्रमुख महताराले आग्रह गरे ।

  • २६ पुष २०७९, मंगलवार प्रकाशित
  • Nabintech