१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार
जाजरकाेट महोत्सवमा राष्ट्रिय कलाकारहरुबाट दर्शकलाई भरपूर मनोरञ्जन प्रदान
जाजरकाेट महोत्सवमा राष्ट्रिय कलाकारहरुबाट दर्शकलाई भरपूर मनोरञ्जन प्रदान
  • पवन शर्मा

जाजरकाेट । जाजरकाेटमा जारी कृषि, पर्यटन संस्कृति वातावरण तथा औद्योगिक व्यापार मेला तथा महोत्सवमा राष्ट्रिय स्तरका  कलाकारहरुले दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरेका छन् ।

शनिबार गायक टंक तिमिल्सेनाले उपस्थिति दर्शकहरुलाई छमछमी नचाएका थिए । राष्ट्रिय कलाकार टंक तिमिल्सेनाले “ हेर्दा लाग्छ दयालु सारै छुच्ची मायालु, पैसा पैसा चिरिमा माया फिरिमा, मेरि छोरीयाटी महाराष्ट्र हुर्केर बोल्छौं मराठि, वार कित पार भेटऊ शनिबार,  सन्नसनी सन्नसनी यो मुटु खाईरहने” लगायतका गीतहरु गाए पछि उपस्थिति दर्शकहरु झुमेका थिए ।

त्यस्तै गायक साैगात सायरले “हाम्राे छातीमा परेड खेल्याे  छिमेकीले हाम्लाइ हेपेर , आजभाेली माया कस्ताे कर्कलाकाे पानि जस्ताे, तिमि फुल्याै कतै म फुले कतै” लगायतका गीतहरु गाएर दर्शकहरुलाइ मनोरञ्जन दिएका थिए ।

महोत्सवमा राष्ट्रिय कलाकार प्रकाश कटुवाल सँगै धुर्वे बल्छी (मरिचमान श्रेष्ठ) र राजु मास्टर(राजु पाैडेल)ले आफ्नो प्रस्तुति प्रस्तुत गरेर दर्शकहरुलाई भरपूर मनोरञ्जन प्रदान गरेका छन् ।

  • १६ पुष २०७९, शनिबार प्रकाशित
  • Nabintech