१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार
प्रकाश किरणको नजर जुद्दा खेरी ट्रेन्डिङ्गमा
प्रकाश किरणको नजर जुद्दा खेरी ट्रेन्डिङ्गमा
  • paschimpatra

जाजरकाेट । विगत लामो समय देखि गजल लेखनमा सक्रिय गजलकार प्रकाश किरणको नजर जुद्दा खेरी तिमी मुस्कुरायौ नामक गजलको भिडियो सार्वजनिक गरिएकोछ ।

गायक तथा सङ्गीतकार थानेश्वर गौतम र सरु गौतमको स्वर तथा थानेश्वर गौतमको सङ्गीत रहेको यो गजल लगातार ४ दिन देखि यूट्यूब ट्रेन्डिङ्गमा रहेकोछ ।जिन्दगीको सफरमा जुधेका नजरहरुको बिगतको दृश्यलाई यो गजलले मीठो शैलीमा पस्केकोछ ।

पुष्प खड्का , स्मारिका ढकाल र रमेश चन्द्र सोडारीको अभिनय रहेको यो भिडियोको निर्देशन रामजी लामिछानेले गरेका हुन् ।काबु क्रियसनले निर्माण गरेको भिडियोमा समाजमा झाङ्गिदै गएको लिभिङ्ग टुगेदर र यस्ले निम्त्याएको समस्यालाई उगागर गरेको पाइन्छ ।

  • २ पुष २०७९, शनिबार प्रकाशित
  • Nabintech