१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार
बाल अधिकार तथा शारीरिक दण्ड सजाय सम्बन्धि सचेतना
बाल अधिकार तथा शारीरिक दण्ड सजाय सम्बन्धि सचेतना
  • paschimpatra

जाजरकाेट । जिल्ला प्रहरी कार्यालय जाजरकोटले बाल अधिकार तथा शारीरिक दण्ड सजाय सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।

शुक्रबार भेरी नगरपालिका–२ बाहुनथान स्थित शंकर भवन माध्यामिक विद्यालयमा बाल अधिकार तथा शारीरिक दण्ड सजाय सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको हो ।

शंकर भवन माध्यामिक विद्यालयमा अध्यापन गराई रहेका शिक्षक, अध्ययन गरिरहेका विद्यार्थी र अविभावकहरुलाई बाल अधिकार तथा दण्ड सजाय सम्बन्धि अभिमुखीकरण गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शारीरिक दण्ड सजाय विरुद्धको सचेतनामुलक कार्यक्रमको सहजीकरण प्रहरी नायव उपरीक्षक तथा जिल्ला प्रहरी कार्यालय, जाजरकोट प्रमुख सन्तोष निरौलाले गरेका थिए ।

  • १ पुष २०७९, शुक्रबार प्रकाशित
  • Nabintech