८ बैशाख २०८१, शनिबार
८ बैशाख २०८१, शनिबार
जाजरकोटमा दुखद घटना : जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु र ३ जना गम्भिर घाइते
जाजरकोटमा दुखद घटना : जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु र ३ जना गम्भिर घाइते
  • न्युज डेस्क

जाजरकाेट ।  जाजरकोट छेडागाडमा जन्ती बोकेको जीप दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ।

छेडागाड नगरपालिका–४ भीरबाटीस्थित मध्यपहाडी लोकमार्गबाट जीप खस्दा उनीहरूको मृत्यु भएको हो। घटनामा अन्य तीन जना गम्भीर घाइते भएका र उनीहरूको उद्धार भइरहेको घटनास्थलमा रहेका स्थानीय प्रेम राउतले जानकारी दिए।

छेडागाडको जेवा भन्ने स्थानबाट लेवाका लागि जान लागेको कर्णाली प्रदेश ०२–००१च ०४२९ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो।

घटनास्थलमा प्रहरी पुग्दैछ। घाइतेहरूको स्थानीयले उद्धार गरिरहेका छन्।

‘९ जनाको लास बाटोमा निकालेको छौं। तीन जना गम्भीर घाइते छन्। कोही भीरमा अड्किएका छन्। उद्धार चलिरहेको स्थानीय राउतले बताएका छन् ।

  • २६ मंसिर २०७९, सोमबार प्रकाशित
  • Nabintech