२६ बैशाख २०८१, बुधबार
२६ बैशाख २०८१, बुधबार
एकै साथ ८१ अपाङ्गता परिचयपत्र वितरण
एकै साथ ८१ अपाङ्गता परिचयपत्र वितरण
  • paschimpatra

जाजरकाेट । छेडागाड नगरपालिका मा एकै पटक ८१ जना अपाङ्गता भएका व्यक्तिहरूले अपाङ्गता परिचयपत्र प्राप्त गरेका छन्। छेडागाड नगरपालिकाको आयोजनामा सञ्चालित अपाङ्गता पहिचान तथा परिचयपत्र वितरण शिविरका क्रममा उक्त परिचयपत्र वितरण गरिएको हो।

छेडागाड नगरपालिकाको आयोजनामा तथा पाँचतारा युवा संरक्षक मंच जाजरकोट सहयोगमा संचालित अपाङ्गता पहिचान तथा परिचयपत्र वितरण सम्बन्धी २ दिने निशुल्क स्वास्थ्य शिविरका त्रफममा उक्त परिचय पत्र बितरणा गरिएकाे हाे ।

शिविरमा करिब ३ सय ८१ जनाले स्वास्थ्य सेवा लिएका थिए । जसमा  ८१ जना अपाङ्गता भएका व्यक्तिहरू मध्ये ४ जनाले रातो परिचयपत्र पाएका छन् भने ५७ जनाले नीलो परिचयपत्र पाएका छन् । त्यसैगरी पहेलो र सेतो परिचयपत्र २० जनाले प्राप्त गरेका छन् । जसमा रातो र नीलो परिचयपत्र पाउने ६१ जनाले सामाजिक सुरक्षा भत्ता पाउनेछन ।

जसमध्ये आँखाको समस्या भई सेवा लिने ९६ जना रहेका छन् भने अधिकांशमा न्यून दृष्टि रहेको तथा केहीमा मोतिबिन्दुको समेत समस्या भएको पत्ता लागेको थियो । त्यसैगरी कानको समस्या भई सेवा लिने ९९ जना रहेका छन् भने सुस्त श्रवण भएका ७ जनाले सहायता सामग्रीहरू प्राप्त गर्ने भएका छन् ।

हाडजोर्नी सेवा अन्तर्गत सेवा लिने जम्मा ९३ जना रहेका छन् भने तीमध्ये विभिन्न प्रकारका समस्या भई २७ वटा सहायता सामग्री १७ जनाले प्राप्त गर्ने भएका छन्।

विशेषगरी अपाङ्गता भएका बालबालिकालाई लक्षित गरी सञ्चालन गरिएको उक्त शिविर दुईवटा क्षेत्र मा सञ्चालन गरिएको थियो जसअन्तर्गत छेडागाड नगरपालिका को नगर अस्पताल र दशेरा स्वास्थ्य कार्यालयमा उक्त शिविर सञ्चालन भएको थियो । उक्त स्वास्थ्य शिविरमा बालबालिकाहरूको तथा वयस्क व्यक्तिहरूको फिजियोथेरापी सम्बन्धि समस्या, कान सम्बन्धि समस्या, दृष्टि सम्बन्धी समस्या लाई एकीकृत रुपमा सम्बोधन गर्ने प्रयास गरिएको थियो। उक्त शिविरमा पहिचान भएका अपाङ्गता भएका व्यक्तिहरुलाई छेडागाड नगरपालिकाले सहायता सामग्री समेत उपलब्ध गराउने छेडागाड नगरपालिकाको उपप्रमुख चन्द्रबहादुर थापाले बताउनुभयो।

उक्त अपाङ्गता पहिचान तथा पूर्ति पत्र वितरण शिविर कोहलपूर मेडिकल कलेज ,स्वास्थ्य सेवा कार्यालय जाजरकोट, नेपाल रेडक्रस सोसाइटी जाजरकोट सँगको सहकार्यमा प्राविधिक टीम बनाइ उक्त शिविर सञ्चालन गरिएको हो।

अपाङ्गता पहिचान तथा परिचयपत्र वितरण शिविरको समीक्षाका क्रममा स्वास्थ्यको सेवा कार्यालय जाजरकोटका डाक्टर भुपेन्द्र बजगाईंले शिविर सफलतापूर्वक सम्पन्न भएको र यसले सेवाग्राहीलाई सहजता आएको बताउनुभयो । साथै अपाङ्गता भएका व्यक्तिहरूलाई सहायता सामग्री प्रदान गर्नु मत्रै समाधान नभएर यसको पछाडि को कारण पहिचान गरी नगरपालिकाले आगामी दिनमा योजना निर्माण गर्नुपर्ने बताउनुभयो।

xrत्यसैगरी छेडागाड नगरपालिका पहिचान भएका अपाङ्ग व्यक्तिहरु तथा सहायता सामग्री प्रदान गर्ने सँगसँगै उनीहरुका लागि जीवन सहज बनाउन विभिन्न खाले कार्यक्रमहरु नगरपालिकाले योजनावद्धरुपमा ल्याउने छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्रबहादुर थापाले बताउनुभयो।

  • २६ मंसिर २०७९, सोमबार प्रकाशित
  • Nabintech