४ बैशाख २०८१, मंगलवार
४ बैशाख २०८१, मंगलवार
मिर्गौला पिडित घर्तीलाई आर्थिक समस्या, कमान खड्काको सहयोग
मिर्गौला पिडित घर्तीलाई आर्थिक समस्या, कमान खड्काको सहयोग
  • paschimpatra

जाजरकाेट । नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी जाजरकोटका उपाध्यक्ष कमान बहादुर खड्काले एक मिर्गौला पिडित बिरामीलाई आर्थिक सहयोग गरेका छन ।

जिल्लाको छेडागाड नगरपालिका वडा नं. ६ का ४६ वर्षिय मिर्गौला पिडत विरामी झुप बहादुर घर्तीको सहयोगका लागि खड्काले ७ हजार ५ सय रुपैयाँ सहयोग गरेका हुन । आर्थिक अभावका कारण घर्तीको उपचारका समस्या भएपछि उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य समेत रहेका खड्काले पत्रकार भरत शर्मा मार्फत उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन ।

मिर्गौला पिडित घर्तीको उपचारका लागि आफुले सहयोगको सुरुवात गरेको भन्दै सबैले सक्दो सहयोग गर्नका लागि खड्काको आग्रह छ । प्रेसरका कारण दुबै म्रिगौलामा समस्या देखिएपछि घर्तीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

दुबै मिगौर्ला खराब भएको र दैनिक ३ पटक डाइलोशिस गर्नु पर्ने भएपछि घर्तीलाई उपचार गर्न आर्थिक समस्या परेको छ । आर्थिक अभावका कारण उपचारमा समस्या परेपछि घर्तीको परिवारले सक्दो सहयोग गर्दिन सबैसंग आग्रह गरेको छ ।

  • २० माघ २०७८, बिहीबार प्रकाशित
  • Nabintech