१२ बैशाख २०८१, बुधबार
१२ बैशाख २०८१, बुधबार
जाजरकाेटमा मृत अवस्थामा रेडपाण्डा फेला
जाजरकाेटमा मृत अवस्थामा रेडपाण्डा फेला
  • paschimpatra

जाजरकोट । जिल्लाको कुशे गाउँपालिका ०९ पैंकमा रेडपाण्डा मृत अवस्थामा फेला परेको छ । वडा कार्यालय नजिकै रेडपाण्डा फेला परेको भनी प्रहरी चौकी पैंकलाई स्थानीयले जानकारी गराएका थिए ।

प्रहरी चौकी पैंक बाट खटिएको टोलीले रेडपाण्डा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

प्रहरीले सरोकारवाला व्यक्तिहरुको उपस्थितिमा मृत रेडपाण्डालाई सब डिभिजिन वन कार्यालय कुशेका वन रक्षक बालकृष्ण ओलीको जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।

विश्वमै लोपउन्मुख अवस्थामा रहेको रेडपाण्डा जाजरकोटको कुशे र बारेकोट गाउँपालिकामा पाईन्छ ।

  • १४ मंसिर २०७९, बुधबार प्रकाशित
  • Nabintech