१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार
जाजरकोटबाट माओवादी केन्द्रका शक्ति बस्नेत निर्वाचित
जाजरकोटबाट माओवादी केन्द्रका शक्ति बस्नेत निर्वाचित
  • paschimpatra

जाजरकोट । जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत निर्वाचित भएका छन् ।

उनले ३४ हजार १५१ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी नेकपा एमालेका निरज आचार्यले २५ हजार १२० मत पाए ।

बस्नेत र आचार्यबीच ९ हजार ३१ मतान्तर छ । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि जाजरकोटबाट माओवादी केन्द्रका बस्नेत निर्वाचित भएका थिए ।

बस्नेतले यो सँगै तीन पटक संदसदीय निर्वाचन जिते । २०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि उनी जाजरकोटबाटै निर्वाचित भएका थिए ।

  • ८ मंसिर २०७९, बिहीबार प्रकाशित
  • Nabintech