१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार
जाजरकोट (क) मा कांग्रेसका वेदराज सिंह विजयी
जाजरकोट (क) मा कांग्रेसका वेदराज सिंह विजयी
  • paschimpatra

जाजरकाेट । जाजरकोट प्रदेश सभा (ख) मा पनि नेपाली कांग्रेसका वेदराज सिंह विजयी भएका छन् ।

कांग्रेसका जिल्ला सभापति सिंहले एमालेका डम्बर सिंहलाई ७ हजार ७३ मतान्तरले पराजित गरेका हुन् । कांग्रेसका सिंहले १८ हजार ५४३ मत पाएका छन् भने एमाले नेता सिंहले ११ हजार ४७० मत पाए ।

कांग्रेस नेता सिंह ०७४ मा माओवादीका गणेशप्रसाद सिंहसँग पराजित भएका थिए । अहिले उनै सिंहको सहयोगमा उनी विजयी भएका छन् ।

यो क्षेत्रमा खसेको ३६ हजार ७०६ मत मध्ये गठबन्धनको निर्णय विपरीत स्वतन्त्र उम्मेदवारी दिएका समाजवादीका कमान खड्काले ४ हजार ४४६ मत पाए ।

  • ७ मंसिर २०७९, बुधबार प्रकाशित
  • Nabintech