७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार
निर्वाचन आचारसहिंता उल्लङ्घन गरेको भन्दै ३६ वटा सञ्चारमाध्यमसँग स्पष्टिकरण
निर्वाचन आचारसहिंता उल्लङ्घन गरेको भन्दै ३६ वटा सञ्चारमाध्यमसँग स्पष्टिकरण
  • paschimpatra

काठमाण्डाै । निर्वाचन आचारसहिंता उल्लङ्घन गरेको भन्दै प्रेस काउन्सिल नेपालले हालसम्म ३६ वटा सञ्चारमाध्यमलाई स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आचारसहिंता पालना भए/नभएको विषयमा काउन्सिलले गरेको अनुगमनका क्रममा ३६ वटा सञ्चारमाध्यमले आचारसहिंता प्रभावित हुने गरी सामग्री सम्प्रेषण गरेको पाईएको छ । काउन्सिलको विवरण अनुसार यसरी आचारसहिंता उलङ्घन गर्नेहरूमा २५ वटा अनलाईन सञ्चारमाध्यम रहेका छन् ।

सीआईएनसँग कुरा गर्दै काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले कुनै पनि सञ्चारमाध्यमले आचारसहिंता उल्लङ्घन गरे तुरून्तै काउन्सिललाई खबर गर्न समेत आग्रह गर्नुभयो । निर्वाचन आचारसहिंता २०७९ को पहिलो संशोधन अनुसार सञ्चारमाध्यमले कसैको पक्ष वा विपक्षमा रहेका समाचार सम्प्रेषण गर्नु हुँदैन भने राजनितिक दल वा उम्मेद्वारको निर्वाचन प्रचारप्रसारको लागि निःशुल्क विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न हुदैन ।

राजनितिक दल वा उम्मेद्वार वा उम्मेद्वारको एकाघर परिवारका सदस्यको मान, प्रतिष्ठा, इज्जतमा आँच पु¥याउने तथा गलत र भ्रामक समाचार सम्प्रेषण गर्न नहुने स्पष्ट उल्लेख रहेको छ ।

  • २६ कार्तिक २०७९, शनिबार प्रकाशित
  • Nabintech