१६ चैत्र २०८०, शुक्रबार
१६ चैत्र २०८०, शुक्रबार
लोकतान्त्रिक वाम गठबन्धनको चुनावी सभा आज चितवनमा, शीर्ष नेताहरूले सम्बोधन गर्ने
लोकतान्त्रिक वाम गठबन्धनको चुनावी सभा आज चितवनमा, शीर्ष नेताहरूले सम्बोधन गर्ने
  • paschimpatra

चितवन । सत्तारुढ (लोकतान्त्रिक–वाम) गठबन्धनले आज चितवनमा चुनावी सभाको आयोजना गर्दैछ। सभालाई प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धन दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यतालिका रहेको छ।

देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई सहित नेताहरूले सम्बोधन गर्ने कार्यतालिका छ। गठबन्धन दलमध्ये नेपाली काँग्रेसबाट चितवन क्षेत्र नम्बर १ र क्षेत्र नम्बर २ तथा नेकपा माओवादी केन्द्रबाट क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभाका उम्मेदवार छन्। निर्वाचन आउन अब ८ दिन मात्रै बाँकी रहँदा राजनितिक दल र उम्मेद्वारले प्रचारलाई थप तीव्र पारेका हुन् ।

राजनितिक दलबाट उम्मेद्वार बनेकाहरूले आ आफ्ना शीर्ष नेतालाई आफ्नो निर्वाचन क्षेत्रमा बोलाएर मत माग्ने माहोल बनाइरहेका छन् भने स्वतन्त्र उम्मेद्वार पनि आफ्ना समर्थकसहित मत मागिरहेका छन् । सत्ता गठबन्धनका शीर्ष नेताहरू ठाउँ ठाउँमा पुगेर आफ्ना उम्मेद्वारलाइ जिताएको खण्डमा मन्त्री बनाइदिने आश्वासन दिइरहेका छन् । यस्तै अर्को पक्षको बिरोध गर्दै आफ्नो पक्षमा मत माग्ने क्रम पनि चलिरेहको छ । निर्वाचन आयोगले प्रचार गर्दा सभ्य तरिकाले गर्न तथा आचार संहिताको पूर्ण रुपमा पालना गर्न अनुरोध गरिरहेको छ । तर पनि उम्मेद्वार तथा राजनितिक दलले आचारसंहिता उल्लङ्घन गर्न छोडेका छैनन् ।

दलहरूको लागि अब प्रचार गर्ने समय ६ दिन मात्रै बाँकी छ । त्यसपछिको २ दिन मौन अबधि हुने र सो समयमा दलहरूले प्रचार प्रसार गर्न नपाउने भएकाले अबको ६ दिनमा उम्मेद्वारहरूले आफ्नो सम्पूर्ण प्रचारको काम सक्नुपर्ने हुन्छ । निर्वाचन आयोगले पनि निर्वाचन गराउने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मत हाल्ने दिन नजिकिँदै गर्दा सबै निर्वाचन क्षेत्रमा मतपत्र पुर्याउने, मतदात स्थल निर्माण, निर्वाचन अधिकृतहरूलाई तालिम दिने लगायतका काम अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँले शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न गराउन सबै निकायसँग समन्वय र सहकार्य गरेर कामहरू भइरहेको पनि उल्लेख गर्नुभयो ।

  • २६ कार्तिक २०७९, शनिबार प्रकाशित
  • Nabintech