१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार
बाम लोकतान्त्रिक गठबन्धनको पक्षमा जनमत सिर्जना गरौँ : काँग्रेस उपसभापति केसी
बाम लोकतान्त्रिक गठबन्धनको पक्षमा जनमत सिर्जना गरौँ : काँग्रेस उपसभापति केसी
  • paschimpatra

सल्यान । नेपाली काँग्रेसका उपसभापति सन्तोष केसीले बाम लोकतान्त्रिक गठबन्धनको पक्षमा जनमत सिर्जनाका लागि लाग्न सबैमा आग्रह गर्नुभएको छ । सोमबार बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारहरुको चुनावी प्रचारप्रसार कार्यक्रम अन्र्तगत शारदा नगरपालिका ४ मा आयोजित चुनावी भेटघाटका क्रममा आयोजित कार्यक्रममा बोल्दै उहाँले गठबन्धनको पक्षमा जनमत सिर्जना गर्नका लाग्न सबैमा आग्रह गर्नुभएको हो ।

उहाँले संविधानको रक्षा र स्थिरताको लागि गठबन्धन भएकाले गठबन्धन भन्दा बाहिर नजान सबैमा आग्रह गर्नुभयो । गठबन्धन अहिलेको आवश्यकता हो, बाहिर गरिएका हल्ला र प्रचारहरु मिथ्या छन्, उहाँले भन्नुभयो जिल्लाबाट प्रतिनिधिसभामा कलम चिन्हवाहक प्रकाश ज्वाला, प्रदेशसभा क मा गोलाकार भित्रको हसिया हतौडा चुनाव चिन्हवाहक भिम प्रकाश शर्मा र प्रदेशसभा ख मा रुख चुनाव चिन्हवाहक सुरेश अधिकारीलाई मतदान गरेर विजयी बनाउन सबैमा आग्रह गर्दछु ।

सो अवशरमा गठबन्धनका तर्फबाट सल्यान प्रदेशसभा ख का साझा उम्मेदवार सुरेश अधिकारीले विकास र समृद्धिको नारा बोकेर अघि बढेका गठबन्धनका साझा उम्मेदवारहरुलाई अमुल्य मत दिएर विजयी बनाउन सबैमा आग्रह गर्नुभयो ।

  • २१ कार्तिक २०७९, सोमबार प्रकाशित
  • Nabintech