७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार
प्रेस संयोजक चयनमा विवादित बन्दै कोहलपुर नगरपालिका
प्रेस संयोजक चयनमा विवादित बन्दै कोहलपुर नगरपालिका
  • paschimpatra

बाँके । कोहलपुर नगरपालिका नगर प्रमुखले प्रेस संयोजक चयन गरेको बिषय विवादित बन्दै गएको छ ।

कोहलपुर क्षेत्रमा स्थापनाकालदेखि हालसम्म सक्रिय पत्रकारिता गरिरहेका सञ्चारकर्मी, पत्रकारहरूलाई उपेक्षा गर्दै नेपालगञ्जमा पत्रकारिता गर्दै आएका एक पत्रकारलाई प्रेस संयोजक चयन गरेपछि नगर प्रमुख पूर्ण प्रसाद आचार्यको व्यापक आलोचना बढ्दै गईरहेको हो ।

नगर प्रमुख आचार्यको प्रेस संयोजक चयन निर्णयलाई विभिन्न क्षेत्रबाट असहमति जनाउने क्रममा कोहलपुर क्षेत्रको पत्रकरिता आरम्भकालदेखि हालसम्म क्रियाशील पुराना पत्रकार श्रीधर सुवेदीले सामाजिक सञ्जालमार्फत असहमति प्रकट गरेका छन् । सामाजिक सञ्जाल टिकटकमार्फत भिडियो जारी गर्दै असहमति जनाउँदै पत्रकार सुवेदीले रोष प्रकट गरेका छन् ।

भिडियोमा पत्रकार सुवेदीले भनेका छन् “कोहलपुरको विकासमा महत्वपूर्ण योगदान गरिरहेका स्थानिय सञ्चारकर्मी, पत्रकारलाई उपेक्षा गर्दै नेपालगञ्जको एक सञ्चार गृहमा कार्यरत र मतदाता नामावली दाङ्ग रहेका पत्रकार प्रियास्मृती ढकाललाई प्रेस संयोजक चयन गर्ने निर्णय गलत छ ।” कोहलपुर क्षेत्रमा दक्ष, अनुभवी र जिम्मेवारी वहन गर्नसक्ने क्षमतावान पत्रकार, सञ्चारकर्मी हुँदा हुँदै पत्रकार ढकाललाई प्रेस संयोजक चयन गरिनु गलत निर्णय भएको पत्रकार सुवेदीको धारणा छ ।

  • १२ कार्तिक २०७९, शनिबार प्रकाशित
  • Nabintech