१२ बैशाख २०८१, बुधबार
१२ बैशाख २०८१, बुधबार
टी–२० विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र श्रीलंका खेल्दै
टी–२० विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र श्रीलंका खेल्दै
  • एजेन्सी

एजेन्सी । टी–२० विश्वकप क्रिकेट सुपर १२ मा आज समूह ‘ए’ को एउटा मात्रै खेल हुँदैछ ।

आज घरेलु टोली अस्ट्रेलिया र श्रीलंका खेल्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो पौने पाँच बजे पर्थमा सुरु हुनेछ । अस्ट्रेलियामा भैरहेको विश्वकप क्रिकेटमा १६ देश सहभागी रहेकोमा पहिलो चरणबाट चार टोली बाहिरिसकेका छन् ।

सुपर १२ को समूह ‘ए’ मा अष्ट्रेलिया, न्युजिल्यान्ड, इंग्ल्यान्ड, अफगानिस्तान, श्रीलंका र आयरल्यान्ड छन् । सुपर १२ को समूह ‘बी’ मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश, नेदरल्यान्ड्स र जिम्बावे छन् ।

हरेक समूहबाट शीर्ष दुईरदुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल नोभेम्बर १३ मा हुनेछ ।

  • ८ कार्तिक २०७९, मंगलवार प्रकाशित
  • Nabintech