१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार
भारतीय मूलका ऋषि आज औपचारिक रुपमा बेलायतको प्रधानमन्त्रीमा नियुक्त हुँदै
भारतीय मूलका ऋषि आज औपचारिक रुपमा बेलायतको प्रधानमन्त्रीमा नियुक्त हुँदै
  • एजेन्सी

एजेन्सी । कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनक बेलायतको नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको छ । भारतीय मूलका सुनक बेलायतको प्रधानमन्त्री बन्नुहुने भएको हो ।

प्रधानमन्त्री भएको डेढ महिनामा लिज ट्रसले पदबाट राजीनामा दिएपछि नेता सुनक प्रधानमन्त्री बन्न लाग्नुभएको हो ।

ट्रस बेलायतको इतिहासमा सबैभन्दा कम समय प्रधानमन्त्री बन्नुभयो ।

औपचारिक रुपमा आज प्रधानमन्त्रीमा नियुक्त हुन लागेका सुनक पूर्वी अफ्रिकाबाट बेलायतमा बसाइँ सरेका भारतीय मूलका आमाबाबुका सन्तान हुनुहुन्छ ।

बेलायतले आर्थिक चुनौतीको सामना गरिरहेको बेला सुनकले कार्यभार सम्हाल्न लाग्नुभएको हो ।

नयाँ प्रधानमन्त्रीका रुपमा उहाँले दशकौँपछि बेलायतमा देखा परेको सबैभन्दा गम्भीर आर्थिक समस्यालाई समाधान खोज्नुपर्ने मुख्य जिम्मेवारी रहने बीबीसीले उल्लेख गरेको छ ।

सन् २०२० मा सुनक बेलायतको अर्थमन्त्री बन्नुभएको थियो । सन् १९८० मा साउथह्याम्पटनमा जन्मिएका सुनक अहिले ४२ वर्षको हुनुहुन्छ । उहाँ हिन्दू धर्ममा आस्था राख्नुहुन्छ ।

  • ८ कार्तिक २०७९, मंगलवार प्रकाशित
  • Nabintech