१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार
टी–२० विश्व कपमा नामिबियासंग श्रीलङ्का पराजित
टी–२० विश्व कपमा नामिबियासंग श्रीलङ्का पराजित
  • paschimpatra

काठमाण्डौ । आईसीसी टी–२० विश्व कपको उद्घाटन खेलमा नामिबियाले श्रीलङ्कालाई हराएको छ । साइमन्ड्स स्टेडियम जिलङमा भएको खेलमा नामिबियाले ५५ रनले हरायो ।

नामिबियाले दिएको एक सय ६४ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले १९ ओभरमा अलआउट हुँदै एक सय आठ रनमात्र बनाउन सक्यो । श्रीलङ्काका लागि कप्तान दसुन शनाकाले २९ र भानुका राजपाक्षले २० रन बनाए । बलिङतर्फ नामिबियाका डेभिड विस, बेर्नार्ड, बेन शिकोङ्गो र जान फ्रिलिङ्कले दुई–दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ६३ रन बनायो । नामिबियाका लागि जान फ्रिलिङ्कले ४४ जेजे स्मिटले ३१ रन बनाए । बलिङतर्फ प्रमोद मदुशानले दुई विकेट लिए ।

  • ३० आश्विन २०७९, आईतवार प्रकाशित
  • Nabintech