८ बैशाख २०८१, शनिबार
८ बैशाख २०८१, शनिबार
कमान खड्काकाे चुनाव चिन्ह काग
कमान खड्काकाे चुनाव चिन्ह काग
  • paschimpatra

जाजरकाेट ।  क्षेत्र न‌ं‍‍ १(क) जाजरकाेटमा स्वतन्त्र उम्मेदवारी दिएका कमान बहादुर खड्काले काग चुनाव चिन्ह पाएका छन् । उनलाई निर्वाचन आयोगले आज काग चुनाव चिन्ह प्रदान गरेको हो ।

सत्तारुढ गठबन्धनको भागवण्डामा जाजरकाेटमा नेकपा एकिकृत समाजवादीकाे भाग नपरेपछि खड्काले क्षेत्र न‌ं‍‍  १(क) मा उम्मेदवारी दिएका हुन् । उनको उम्मेदवारी फिर्ताका लागि चौतर्फि दवाव आएको भएपनि आफ्नो अडानमा कायम रहँदै खड्काले उम्मेदवारी फिर्ता लिएनन् ।

प्रदेश सभा निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिएका खड्काले निर्वाचन आयोगले चुनाव चिन्ह प्रदान गरेसँगै अबको चुनावी यात्रा सुरु भएको  बताए । क्षेत्र न‌ं‍‍ १(क) का सचेत मतदाताको घरदैलोमा पुगेर उहाँहरुको मन र मत माग्छु उनले भने नेतृत्व परिवर्तनका लागि सबै तयार छन् ।

लामाे समय राजनितिबाट समाजसेवामा लागेका खड्का नेकपा एकिकृत समाजवादी जाजरकाेटकाे अध्यक्ष समेत हुन् । साथै सफल व्यवसायीको छवि बनाएका उनको उम्मेदवारीले राजनैतिक वृतमा नयाँ तरङ्ग सृजना गरेको छ ।

खड्काले उम्मेदवारी दिएको जाजरकाेट क्षेत्र नम्बर १(क) बाट नेकपा एमालेबाट डम्बर बहादुर सिंह र सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका वेदराज सिंह प्रतिस्पर्धामा छन् ।

  • २६ आश्विन २०७९, बुधबार प्रकाशित
  • Nabintech