१५ बैशाख २०८१, शनिबार
१५ बैशाख २०८१, शनिबार
प्युठानमा पहिरोमा पुरिएर ६ जना बेपत्ता
प्युठानमा पहिरोमा पुरिएर ६ जना बेपत्ता
  • paschimpatra

प्युठान । प्युठानमा पहिरोमा पुरिएर ६ जना बेपत्ता भएका छन् । प्युठानको माण्डवी गाउँपालिका–४ फरिन्डेमा स्थानीय बमबहादुर राहु मगरको घर पहिरोमा पुरिएको हो । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता एवम प्रहरी निरीक्षक सुशील थापा मगरका अनुसार पहिरोमा पुरिएर ६० वर्षीय बमबहादुर राहु मगर र उनकी श्रीमती, १८ वर्षीया मौसमी थापा, ६० वर्षीय हिराबहादुर थापा, चार वर्षीय सुशान थापा र २१ वर्षीय टेकी राहु मगर बेपत्ता भएका छन् ।

दिउँसो साढे तीन बजे घटना घटेलगत्तै सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल र प्रहरी नायव उपरीक्षक सुवाश खड्कासहितको टोली घटनास्थलतर्फ गएको थापा मगरले बताए । अत्यधिक वर्षाका कारण जताततै पहिराले सडक अवरुद्ध भएको छ, टोली बाटोमै थन्किएको छ, उनले भने ।

  • २१ आश्विन २०७९, शुक्रबार प्रकाशित
  • Nabintech