१६ चैत्र २०८०, शुक्रबार
१६ चैत्र २०८०, शुक्रबार
प्रधानमन्त्री देउवा विरुद्ध एमालेले उम्मेदवारी नदिने
प्रधानमन्त्री देउवा विरुद्ध एमालेले उम्मेदवारी नदिने
  • paschimpatra

काठमाण्डाै । नेकपा एमालेले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी नदिने भएको छ । एमालेले सुदूरपश्चिमका १५ वटा निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवार तय गर्दा देउवाको निर्वाचन क्षेत्र डडेलधुरामा भने उम्मेदवार नउठाउने भएको हो ।

प्रधानमन्त्री देउवाविरुद्ध एमालेले डडेलधुरामा कांग्रेस बीपीका वरिष्ठ उपाध्यक्ष कर्ण मल्ललाई समर्थन गर्ने भएको छ । स्थानीय तहमा पनि एमाले र कांग्रेस बिपीबीच तालमेल भएको थियो । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभामा पनि डडेलधुरामा तालमेल गर्ने भएको छ ।

केही दिनदेखि एमाले अध्यक्ष ओली र कांग्रेस बीपीका वरिष्ठ उपाध्यक्ष मल्लबीच छलफल भएको थियो । एमालेले प्रतिनिधिसभाका लागि सिफारिस भएका पठनसिंह बोहरा प्रदेशसभा उम्मेदवार बनेपछि देउवाविरुद्ध मल्ल उम्मेदवार बन्ने निश्चित भएको छ ।

  • २१ आश्विन २०७९, शुक्रबार प्रकाशित
  • Nabintech