११ बैशाख २०८१, मंगलवार
११ बैशाख २०८१, मंगलवार
चाडपर्व नजिकिएसँगै खलंगा बजारमा अनुगमन
चाडपर्व नजिकिएसँगै खलंगा बजारमा अनुगमन
  • paschimpatra

जाजरकाेट । जाजरकोट सदरमुकाम खलंगा बजारमा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटले बजार अनुगमन गरेकाे छ ।

दशैं नजिकिएसँगै खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुमा मूल्य वृद्धि, मिति नाघेका वस्तुको बिक्री वितरण भए नभएको अनुगमन गरेकाे हाे ।जिल्ला प्रशासन कार्यालय, स्थानिय तह, जिल्ला प्रहरी कार्यालय, पशु कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालयलगाएतको संयुक्त सहभागितमा बजार अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा दर्ता विना होटलहरु संचालन गरिएका पाइनुका साथै खाद्यान्न तथा किराना पसलहरुमा म्याद गुज्रिएका खाद्यान्न सामाग्री फेला परेका छन् । करिब एक दर्जनभन्दा बढी पसल अनुगमन गर्दा यी अखाद्य वस्तु फेला परेको हो । पेय पदार्थ, चकलेट, चाउचाउ, विस्कुट, मसला, बेसारलगायत वस्तुको म्याद सकिएको फेला परेको अनुगमन टोलीले जनाएको छ ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटका अधिकृत महेन्द्र भडेलको नेतृत्वमा गरिएको अनुगमन टोलीले यहाँका सानादेखि ठूला सबै पसलमा बेचिने दैनिक उपभोग्य वस्तुको ‘म्यान्युफ्याक्चर डेट’ र ‘एक्सपायर डेट’ जाँच गरेको थियो ।

 

  • १३ आश्विन २०७९, बिहीबार प्रकाशित
  • Nabintech