१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार
बाणिज्य संघ जाजरकोटको कार्यालयमा तालाबन्दि
बाणिज्य संघ जाजरकोटको कार्यालयमा तालाबन्दि
  • paschimpatra

जाजरकोट । जाजरकोट उद्योग बाणिज्य संघमा तालाबन्दी गरिएको छ ।

लामो समय अवरुद्ध भएको निर्वाचन प्रकृया विधान अनुसार अगाडी बढाउन उच्च अदालत सुर्खेतको मिति २०७९ भदौ १५ गतेको परमादेश अनुसार अगाडी नबढाएकाे भन्दै नेपाल राष्ट्रिय उद्योग वाणिज्य संघ समाजवादी जाजरकोटले तालाबन्दी गरेकाे हाे ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटको पत्र, उच्च अदालत सुर्खेतबाट मिति २०७९।०५।१५ गते भएको फैसलाको प्रकरण नं. १३ र १४ मा उल्लेख व्यहोरा हेर्दा सम्मानित उच्च अदालत सुर्खेतबाट संस्था दर्ता ऐन, २०३४ बमोजिम दर्ता भएको उद्योग वाणिज्य संघ जाजरकोटको विधान २०५९ बमोजिम संस्थाको काम कारवाही भए नभएको सम्बन्धमा निरिक्षण, मूल्यांकन गर्ने, विधान कार्यान्वयन गराउने लगायतका कार्य जिल्ला प्रशासन कार्यालय जाजरकोटको हुने, भएकोले, निर्वाचन सम्बन्धी काम कारवाही सम्बन्धमा जिल्ला प्रशासन कार्यालय जाजरकोटले निर्णय गरी समाधान गर्नु पर्नेमा सो सम्बन्धी कुनै निर्णय गरेको नदेखिएको भन्दै संघको कार्यालयमा ताला लगाइएको छ ।

उच्च अदालतबाट भएको परमादेश बमोजिम संस्था दर्ता ऐन, २०३४ बमोजिम निर्णय नगरी उच्च अदालतले गरेको फैसलाको बरखिलापमा गई उद्योगी व्यवसायहरुको मर्म र भावनामा आंच आउने र फेरी पनि द्वन्द निम्त्याउने खालका गतिविधिहरु सिर्जना भएको भन्दै संघमा ताला बन्दी गरिएको  नेपाल राष्ट्रिय उद्योग वाणिज्य संघ समाजवादी जाजरकोटका अध्यक्ष शिब विक्रम हमाल बताए ।

संस्थाले गर्नु पर्ने आय व्याय प्रस्तुत वार्षिक रुपमा गर्नु पर्ने साधारणसभा संस्था नविकरण लगायत गर्नु पर्ने कामकार्वाही नगरे सम्म निर्वाचन प्रक्रिया अगाडी नबढाउन जोडदार माग गर्दै संघको कार्यालयमा तालाबन्दी गरिएको हमालकाे भनाइ छ ।

  • १ आश्विन २०७९, शनिबार प्रकाशित
  • Nabintech