७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार
बालेन बन्न अरु मेयरहरुलाइ के ले रोक्यो ?
बालेन बन्न अरु मेयरहरुलाइ के ले रोक्यो ?
  • जनक केसी

अहिले काठमाडौंका मेयर बालेन्द्र शाहउर्फ बालेन शाहको काम र सहासको सर्बत्र चर्चा र प्रशंसा भइरहेको छ । शुक्रबार इन्द्रजात्राको अबसरमा बालेन प्रतिज नताले प्रकट गरेको सम्मान र समर्थनले एउटा नयाँ सन्देश प्रवाह गरेको छ ।

सो जात्रामा मुलुकको राष्ट्रप्रमुख तथा सरकार प्रमुखलाइ समेत बेवास्ता गरेर जनताले बालेनको पक्षमा नाराबाजी गरे । यो नाराबाजीले जनताको चहाना र माया कति निर्दोष अनि निष्पक्ष हुन्छ भन्ने कुरा प्रमाणित गरेको छ । देशको राष्ट्रपति प्रधानमन्त्री आउदा समेत सम्मान र उत्साहपुर्ण प्रतिक्रिया जनताले नदेखाउनु पक्कै पनि राम्रो होइन । यसको दोष हाम्रै हो भन्ने कुरा स्वयम राष्ट्रपति र प्रधानमन्त्रीले महसुस गर्नु पर्छ । अझ यो कुरा दलका नेताहरु र सबै स्थानीयतहका प्रमुख एवं जनप्रतिनिधिहरुले महसुस गर्नु पर्छ ।

खास गरि काठमाडौंमा नियम मिचेर अवैध रुपले निर्माण गरिएका भौतिक संरचनाका मालिकहरु र व्यापारको नाउँमा दादागिरी देखाउनेहरुलाइ ठाँउको ठाउँ ठेगान लगाउने काममा जुन सक्रियता र सहास बालेनले देखाएका छन त्यसैको लागि ताली र सम्मान हो इन्द्रजात्रामा जनताको हुटिङ । बालेनले अहिले गरिरहेको काम र बदमासहरु विरुद्धको प्रहार हामीले लामो समय देखि भोग्दै आएको शासन र राजनीतिमा एउटा पृथक काम हो ।

संविधान र कानुनमा विधिको शासन लेखिएको भएपनि व्यवहारमा भने भ्रष्ट अनि निर्दयी वलियाहरुको शासन भन्ने पिडायुक्त अनुभुति जनतामा भइरहेको वेला वालेन फरक अवतारमा आएका छन् । मलाइ लाग्छ वालेनलाइ भ्रष्ट, ठग, दलाल, लुटेरा अनि वदमासहरुको कुनै डर छैन तर उनलाइ डर जनताको मात्रै छ। जनताको नायकलाइ जनताकै डर हुन्छ । जनताको ताकत र कानुनीराजमा विश्वास गर्ने व्यक्तिलाइ जनता वाहेक अरु कसैसंग डराउनु पर्दैन । आफनो जिम्मेवारीवाट पछि हट्नुपर्ने अवस्था पनि आउदैन ।

काठमाडौंको फोहर व्यवस्थापन र सार्वजनिक सौचालयको व्यवस्थापन देखि लिएर पहुच र शक्तिको आडमा लोकतन्त्रको धज्जी उडाउने, जनमतको अपमान गर्ने तथा हाका हाकी देश लुट्न उद्दत हुनेहरुका कर्तुतहरु विरुद्धको वालेन प्रहार नै सक्कली लोकतन्त्र अझ भनौं कानुनी राज हो । यसलाइ जनताले जस्तोसुकै अवस्थामा पनि अनुमोदन गर्छन् । यो कुरा इन्द्रजात्रामा गुन्जिएका नागरिक स्वरहरुले पुष्टि गरेका छन् ।

जसले जे गरेपनि चुप लाग्ने, कसैलाइ कारवाहि गरे भोलि आफनो भोट घट्छ कि भनेर हठात मन वनाउने अनि सहि र सत्य कामका लागि निर्भयका साथ चुनौति ग्रहण गर्न पनि अग्रसर नहुनेहरु यो व्यवस्थाका मात्रै होइन आउने पुस्ताका लागि समेत श्राप हुन् ।वालेन कुनै सत्ताधारी पार्टीका शक्तिशाली नेता पनि होइन् । उनको कुनै पार्टी पनि छैन । उनलाइ आउने मंसिर ४को चुनावमा भोट फुत्किन्छन् कि भनेर डराउनु पर्ने चिन्ता पनि छैन किन कि वालेन जनताको एजेन्डा कार्यान्वयन गर्न आएका हुन् ।

वालेन भ्रष्ठ र वेइमानसंग साठगाँठ गरेर जनता र लोकतन्त्रलाइ धोका दिन आएका होइनन् । संगठन, पार्टी र राजनैतिक हिसावले उनी कि वालेन शाह मात्रै हुन कि काठमाडौंको मेयर मात्रै हुन् ।उनी मेयर रहेको काठमाडौं महानगरपालिकाको कार्यपालिकामा पनि उनको पक्षका न उपमेयर छन् न वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरु नै छ । तर वालेन जनतासंगको वाचा अनुसार सहास र आत्मविस्वासका साथ आफनो दायित्वमा निरन्तर अघि वढेका छन् । उनका विरुद्ध अहिले सवै पार्टीहरु छन्, नेताहरु छन् अनि झोले कार्यकर्ताहरु छन् तर लोकतन्त्र र न्यायका पक्षधर जनता उनकै साथमा छन् त्यसैले वालेनमा आत्म विश्वास र आत्म सम्मान दुवै छ ।

वालेनले जनहित र जनतलाइ कानुनी राज्यको अनुभुति दिलाउनका लागि जे सुकै गरुन आँखा वन्द गरेर साथ र समर्थन दिन काठमाडौंका मात्र होइन देशैभरिका जनता तयार छन् । गत वैशाख ३० गतेको चुनावमा काठमामाडौंका जनताले वालेन रोजे तर अहिले देशै भरिका जनताले वालेनहरु खोज्न थालेका छन् । सवै पार्टीका इमान्दार र जुझारु नेता कार्यकर्ताहरु अव जवरजस्त वालेन वन्न जरुरी भइसकेको छ । हिन्दी नायक फिल्ममा अनिल कपुरले निर्वाह गरेको भुमिका वालेनले निभाउदै गर्दा वल्ल काठमाडौंका जनताले सरकार पाएको अनुभुति गरेका छन् ।

वालेनको अभियानका विरुद्ध अव कोहि नेता पार्टी र शक्ति जाने आँट पनि गर्दैनन् । वालेनको कार्यले आज देश भरिका जनताहरु आफना पालिका प्रमुखहरुलाइ पार्टी र पदको माया त्यागेर जनताको मायाका खातिर असली जनप्रतिनिधि हुन अपील गर्न थालेका छन् ।देशैभरिका पालिकाका प्रमुख र अन्य जनप्रतिनिधिहरलाइ वालेन वन्न आव्हान गरिरहेका छन् । वालेन नवने सम्म जनअधिकारको सुनिस्चितता सम्भव छैन भन्ने उनीहरुको आशय देखिन्छ । वालेन नवनेर यहाँ जनताले लोकतन्त्रको अनुभुति गर्न सक्दैनन अनि देशमा सरकार भएको अनुभुति पनि गर्न सक्दैनन् ।

जनताका नाउँमा देश लुट्नेहरु, जनताको मन र भावनामा निर्ममतापुर्वक खेल्नेहरु अनि पार्टी, विचार र आस्थाको गलत प्रयोग गरेर लोकतन्त्रको वदनाम गर्नेहरुका विरुद्ध अव एउटा वालेन होइन सयौं वालेनहरु शक्तिशाली डोजर वोकेर गाउँ गाउँ वस्ती वस्तीमा पस्नु पर्छ । पार्टी र पद भन्दा माथि जनता छन् त्यहाँ भन्दा माथि देश छ भनेर हिम्मत गर्न सक्ने वालेनहरु जन्मिन ढिलो गर्नु हुदैन ।काठमाडौंका वालेन अनि धरानका हर्क वाहेक अन्य कुनै पनि पालिकामा जनताको म्यान्डेट वचाउन सक्ने छनक कुनै जनप्रतिनिधिहरुमा देखिउको छैन किन भने उनीहरुको अघि देश र जनता भन्दा माथि पार्टी छ, वरिपपरि भ्रष्ट अनि दलाल कार्यकर्ताहरु छन् ।

उनीहरु भ्रष्ट दलाल र वदमासहरुको रेखा तोडेर वाहिर आउन सकिरहेका छैनन्् । सत्य, न्याय र परिवर्तनका लागि आफु र आफनो अभियान वदल्न नसक्नेहरु नेता या जनप्रतिनिधि होइनन् दास हुन् किन भने उनीहरुलाइ आउने जनता र आउने पुस्ता भन्दा आउने चुनावको चिन्ता छ । जनताको हित र चहाना अनुसार काम गर्दै गर्दा पार्टीको निर्णय र नीति विपरीत हुन्छ भने ७ सय ५१ जना प्रमुखहरुले खुलेरै वालेन र हर्क वन्ने हिम्मत गर्नु पर्छ । पार्टीको निर्णय र नीतिले छेकिएर जनतालाइ धोका दिनु जनप्रतिनिधिहरुको कायरता मात्र होइन लोकतन्त्र विरुद्धको खुलेआम प्रहार हो । जनताको अभिमत भ्रष्ट, दलाल र ठगहरु देखि डराउन लिएको होइन ।

पार्टीको नाममा खुलेआम जनतामाथिको अपराध हेर्नु राजनीति होइन लाजनीति अझ भन्दा जघन्य अपराध हो ।सार्वजनिक सम्पति चरम दोहन गर्नेहरुलाइ नछुने,आफनो पदिय जिम्मेवारीमा गद्धारी गर्ने शिक्षक कर्मचारीहरुलाइ केहि गर्न नसक्ने, वर्षौं सम्म विकासका संरचनाहरु अलपत्र पार्ने वदमास ठेकेदारहरु देखि डराउने, राज्य र सरकारको नियमलाइ ठाडै उलंघन गर्नेहरुलाइ कारवाहि गर्न नसक्ने हुतिहारा पाराले जनप्रतिनिधि हुँ भन्ने हक पनि कुनै जनप्रतिनिधिलाइ छैन ।आफै जनप्रतिनिधि,आफै ठेकेदार अनि आफै व्यापारी भए जनतालाइ कसरी सुशासनको प्रत्याभुति दिलाउन सकिन्छ रु

जिम्मा लिएका योजना अलपत्र पार्ने, चरम गुणस्तरहिन कार्य गर्ने, कुर्सीमा वसेर जनतालाइ हप्काउने, थर्काउने तर गर्नु पर्ने काम गर्दै नगर्ने तथा सार्वजनिक स्थल र वाटोघाटोलाइ दादागिरी शैलीमा अवरोध गरेर आफनो निजि स्वार्थमा प्रयोग गर्नेहरुका अघि समेत राजनैतिक अर्कमण्यता देखाएर निरिह हुने स्थानीय, प्रदेश र संघीय सरकारका प्रमुखहरु र अन्य जनप्रतिनिधिहरु नै यो लोकतन्त्र र परिवर्तनकका असली वाधक र दुश्मन हुन् ।

यी सवै वेइमानी र भ्रष्ट चरित्रहरुका विरुद्ध वालेन शैलीमा चारैतिरवाट निर्मम प्रहार आवस्यक छ अनि मात्र हामीले चाहेको न्याय जिउदै भेटिन्छ । आम जनताले पनि प्रत्यक पार्टीहरुमा पनि वालेनहरु छन तिनलाइ वाहिर निकाल्न अवेर गर्नु हुदैन अनि मात्र हामीले ल्याएको लोकतन्त्र सकुशल नै भेटिन्छ । पार्टीका नाममा लोकतन्त्रको वदनाम गर्ने , कानुनी राज्यको खिल्ली उडाउने र सार्वजनिक सम्पतिमा व्रम्हलुट गरेर भावि पुस्ताको भविष्य समेत अप्ठेमा पार्नेहरु हाम्रा पुर्खाको ठुलो वलिदानवाट प्राप्त गणतन्त्रको अभिशाप हुन् । त्यसैले अहिले प्रत्यक नागरिकहरुको मन मस्तिष्कमा एउटा प्रश्न छ “वालेन वन्न अरु मेयरहरुलाइ कसले रोक्योरु” “वालेन जस्तै निडर भएर न्यायपुर्ण काम गर्न सवै जनप्रतिनिधिहरुलाइ केले छेक्यो रु”

लेखक केसी नेपाल पत्रकार महासंघ जाजरकोटका पुर्व अध्यक्ष हुन् ।

  • २७ भाद्र २०७९, सोमबार प्रकाशित
  • Nabintech