१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार
भारतलाई ३-१ ले हराउँदै नेपाल सेमिफाइनलमा
भारतलाई ३-१ ले हराउँदै नेपाल सेमिफाइनलमा
  • paschimpatra

काठमाडौं । साफ यु-१७ च्याम्पियनसिप फुटबलमा नेपालले भारतलाई पराजित गरेको छ। श्रीलंकाको कोलम्बोमा शुक्रबार भएको खेलमा नेपालले भारतलाई ३-१ गोलले पराजित गरेको हो।

नेपालका लागि सरोज दर्लामीले ४५औं मिनेट, उनेश बुढाथोकीले ४९औं मिनेट र सुवास बमले ६८औं मिनेटमा गोल गरेका थिए। त्यसअघि भारतले २५औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो।

यससँगै नेपाल समूह बी को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

  • २४ भाद्र २०७९, शुक्रबार प्रकाशित
  • Nabintech