१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार
 राष्ट्रिय टोलीका व्यवस्थापकलाई स्पष्टीकरण सोध्न नेपाली क्रिकेट समर्थक समाजकाे माग
 राष्ट्रिय टोलीका व्यवस्थापकलाई स्पष्टीकरण सोध्न नेपाली क्रिकेट समर्थक समाजकाे माग
  • paschimpatra

जाजरकाेट । नेपाली क्रिकेट समर्थक समाजले बन्द प्रशिक्षणको अनुशासन उल्लघंनमा जोडिएका टोली व्यवस्थापक, सम्बन्धित कर्मचारी र अफिसियललाई स्पष्टीकरण सोध्दै दोषी देखिए तत्काल कारबाही गर्न माग गरेको छ।

१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टिमबाट निलम्बनमा परेका छन् भने टिम व्यवस्थापनमाथि प्रश्न उठेका छ। राष्ट्रिय क्रिकेट टिम केन्या जाने अघिल्लो रात कप्तानीको जिम्मेवारीमा रहेका सन्दीप अर्कै होटलमा बसेको विषयमा समेत छानविन गर्नु पर्ने माग समर्थक समाजले उठाएकाे हाे ।

समर्थक समाजका अध्यक्ष नारायण पराजुलीले निकालेको विज्ञप्तिमा भनिएको छ ‘यस खबरले क्यान र टिम व्यवस्थापन माथि समेत गम्भीर प्रश्न उठेको छ। यो अवस्थामा बन्द प्रशिक्षणको अनुसाशन उल्लघंन जोडिएका टोली व्यवस्थापक, सम्बन्धित कर्मचारीरअफिसियललाई आवश्वक स्पष्टीकरण लिइ दोषी देखिए तत्काल कारबाहीको भागेदार बनाउन समेत माग गर्दछौं, ’ । ‘आगामी दिनमा राष्ट्रिय टोलीको सदस्य र समग्र टिममा हुनु पर्ने अनुसाशन, सम्बन्धित अफिसियलको भूमीकारजिम्मेवारीबारे सबैलाई गम्भीर रुपमा सचेत गराउँदै अनुसाशन काम गर्द हदैसम्म कडा हुन आग्रह समेत गर्दछौं।’

  • २४ भाद्र २०७९, शुक्रबार प्रकाशित
  • Nabintech