४ चैत्र २०८१, मंगलवार
४ चैत्र २०८१, मंगलवार
नेकपा माओवादी केन्द्र जाजरकाेटले सिफारिस गर्‍यो उम्मेदवार
नेकपा माओवादी केन्द्र जाजरकाेटले सिफारिस गर्‍यो उम्मेदवार
  • paschimpatra

जाजरकाेट । आगामी मंसिर ४ गतेको प्रतिनीधि सभा सदस्यको उम्मेदवारमा नेकपा (माओवादी केन्द्र) जाजरकोटले पूर्वमन्त्री शक्ति बहादुर बस्नेतको नाम सर्वसहमत सिफारिस गरेको छ । बिहिबार बसेको जिल्ला समन्वय समितिको बैठकले पूर्वमन्त्री बस्नेतको नाम सर्वसहमत सिफारिस गरेको हो ।

त्यसैगरी समानपातिक तर्फ प्रतिनीधि सभा सदस्यमा महिलाबाट पार्वति थापा (आस्था), आदीबासी जनजातिबाट ढकवीर राना (शान्त), दलित तथा अल्पसंख्यकबाट कृष्णराज विक (पुनित), खसआर्यबाट प्रेम बहादुर खत्री (आयोग), पिछडीएको क्षेत्रबाट काली बहादुर मल्ल (जितेन्द्र) को नाम सिफारिस भएको नेकपा (माओवादी केन्द्र) जाजरकोट जिल्ला समन्वय समितिका संयोजक टेक बहादुर रावल दर्शनले जानकारी दिएका छन् ।

बैठकले  नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिको बैठकले प्रदेश सभा क को प्रत्यक्ष निर्वाचन तर्फ रामदीप आचार्य (बजिर) को नाम सिफारिस गरेको छ भने, समानुपातिक तर्फ खसआर्यबाट तिलक रावत (शुशिल), महिलाबाट पार्वति विक (शान्ता), आदिबासी जनजातिबाट टक बहादुर घर्ती (मुनाल), दलित तथा अल्पसंख्यकबाट जसे गाईन (जटिल), शहिद परिवारबाट राममाया हमाल (रमिता) को नाम सिफारिस गरेको जिल्ला समन्वय समितिका संयोजक रावलले जानकारी दिएका छन् ।

त्यसैगरी बैठकले प्रदेश सभा ख को प्रत्यक्ष निर्वाचन तर्फ वीर बहादुर रावत (सौगात) को नाम सिफारिस गरेको छ भने, समानुपातिक तर्फ खसआर्यबाट यज्ञ खत्री, महिला तथा शहिद परिवारबाट अम्बिका बस्नेत (शर्मिला), महिलाबाट चन्द्रकला अधिकारी, धर्मशिला बस्नेत, दलित तथा अल्पसंख्यकबाट गोरख परियार, आदिबासी जनजातिबाट मान बहादुर पुनको नाम सिफारिस गरिएको समन्वय समितिका संयोजक रावलले जानकारी दिएका छन् ।

  • २४ भाद्र २०७९, शुक्रबार प्रकाशित
  • Nabintech