१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा ३ लाख १० हजार बीमा रकम प्रदान
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा ३ लाख १० हजार बीमा रकम प्रदान
  • paschimpatra

जाजरकाेट । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लि. जाजरकाेट शाखाले बीमा दावी वापत रु ३ लाख १० हजार भुक्तानी गरेको छ ।

कम्पनीद्वारा जाजरकाेटमा मृत्यु दाबी भुक्तानी कार्यक्रमको आयोजना गरी काल गतिले निधन भएका रुकुम पश्चिमको आठविसकोट नगरपालिका ८ का मृतक दले बुढाको परिवारलाई रकम भुक्तानी गरेकाे हाे ।

बुढाको  २०७८ चैत्र ७ गते मृत्यु भएको थियो । मृतक बुढाकी पत्नि विष्णुमाया बुढालाई विमाङ्क रकम २ लाख ५० हजार, १० हजार बोनस र ५० हजार काजकिरिया खर्च गरी जम्मा ३ लाख १० हजार हस्तान्तरण गरिएको सिटिजन लाईफ ईन्स्योरेन्स जाजरकोट शाखा प्रमुख गोविन्द्र बुढाले जानकारी दिए ।

हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि ग्यावली एजेन्सी म्यानेजर लोकप्रसार गौतम र शाखा प्रमुख गोविन्द्र बुढाले हस्तान्तरण गरेका थिए ।

मृतक बुढाले २०७७ असोज २० गते जाजरकोट शाखामा विमा गरेका थिए ।

  • २२ भाद्र २०७९, बुधबार प्रकाशित
  • Nabintech