१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार
नेपाल फोटो पत्रकार महासंघ जाजरकोटको अध्यक्षमा शर्मा
नेपाल फोटो पत्रकार महासंघ जाजरकोटको अध्यक्षमा शर्मा
  • paschimpatra

जाजरकोट । नेपाल फोटो पत्रकार महासंघ जाजरकोटको अध्यक्षमा बासुदेव शर्मा चयन भएका छन् ।

सोमबार जिल्ला स्थित फोटो पत्रकारहरुको एक भेलाले शर्मालाई अध्यक्षमा चयन गरेकाे हो । शर्माको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।

समितिको उपाध्यक्षमा सरोज वली, सचिवमा कालीबहादुर नेपाली, कोषाध्यक्षमा पदम केसी  र सह सचिवमा शारदा पुन मगरलाई चयन गरिएको छ ।

यस्तै, सदस्यहरुमा भुपेन्द्र नेपाली, प्रकाश रोकाय, प्रेम विश्वकर्मा, दीलविक्रम शाही, पुष्प वली, निराजन शाही, प्रेम विसी, सुमन चन्दलाई चयन गरिएको नवनिर्वाचित अध्यक्ष बासुदेव शर्माले  जानकारी दिए ।

त्यसैगरी केन्द्रिय प्रतिनिधिमा पवन शर्मा, सुरीता बस्नेत र जय रावललाइ चयन गरेकाे भेलाले  बाल कुमार शर्मा र खम्बजंग शाहलाइ सल्लाहकार समितिमा चयन गर्ने निर्णय गरेको छ । ।

  • २० भाद्र २०७९, सोमबार प्रकाशित
  • Nabintech