१५ चैत्र २०८०, बिहीबार
१५ चैत्र २०८०, बिहीबार
२४ घण्टामा ६ हजार ८ सय २७ जनामा कोरोना पुष्टि, १० सङ्क्रमितको ज्यान गयो
२४ घण्टामा ६ हजार ८ सय २७ जनामा कोरोना पुष्टि, १० सङ्क्रमितको ज्यान गयो
  • paschimpatra

काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार आठ सय २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १९ हजार आठ सय ६९ जनाको नमुना परीक्षण गर्दा ६ हजार आठ सय २७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै थप पाँच हजार चार सय ३२ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख ४२ हजार चार सय ३६ पुगेको छ । नेपालमा अहिले ८९ हजार नौ सय ४१ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेको छन् ।

२४ घण्टामा १० जना सङ्क्रमितको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ६ सय ९७ पुगेको मन्त्रालयले जनाएको छ ।

यसैबीच २४ घण्टामा एक लाख २८ हजार ६ सय ६३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसहित नेपालमा तीन करोड ६ लाख ४ हजार १ सय ५२ मात्रा खोपको प्रयोग भएको छ । यसमा एक करोड ६४ लाख ७४ हजार पाँच सय १४ जनाले पहिलो मात्रा र एक करोड ३८ लाख ३३ हजार ६ सय २९ जनाले पूर्ण मात्रा र दुई लाख ९६ हजार नौ जनाले अतिरिक्त खोप लगाएका मन्त्रालयले जनाएको छ ।

  • १४ माघ २०७८, शुक्रबार प्रकाशित
  • Nabintech