११ बैशाख २०८१, मंगलवार
११ बैशाख २०८१, मंगलवार
केन्यासँगको एक दिवसीय क्रिकेट सिरिज नेपालद्वारा क्लिन स्वीप
केन्यासँगको एक दिवसीय क्रिकेट सिरिज नेपालद्वारा क्लिन स्वीप
  • paschimpatra

काठमाण्डौ । केन्यासँगको एकदिवसीय अभ्यास खेलको शृङ्खला नेपालले क्लिन स्वीप गरेको छ । आज भएको तेस्रो तथा अन्तिम खेलमा केन्यालाई ६ विकेटले हराउँदै नेपालले एकदिवसीय शृङ्खला जितेको हो ।

केन्याले दिएको दुई सय ५६ रनको लक्ष्य नेपालले ४७ ओभर १ बलमा चार विकेट गुमाएर भेटायो । नेपालका लागि अर्जुन साउदले ५८, आसिफ शेखले ५६, बसिर अहमदले ५२, रोहित पौडेलले ४६ र ज्ञानेन्द्र मल्लले ३३ रन बनाए । बलिङतर्फ केन्याका भिराज पटेलले दुई तथा शेम एनगोचे र याश तालातीले एकरएक विकेट लिए ।

यसअघि नैरोबीमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ५५ रन बनायो । केन्याका लागि कोलिन्स अबुयाले ८४, लुकास एनडानडासनले नटआउट ५९, सुखदिप सिंहले ३७ र इमानुएल बुन्डीले २३ रन बनाए । बलिङतर्फ नेपालका सोमपाल कामी र आदिल अन्सारीले दुईरदुई विकेट लिए । यस्तै वसिर अहमद र शाहब आलमले एकरएक विकेट लिए ।

पहिलो एकदिवसीयमा नेपालले केन्यालाई सात विकेटले हराउँदा दोस्रो एकदिवसीयमा १७ रनले विजयी भएको थियो । यसअघि भएको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला पनि नेपालले ३–२ ले जितेको थियो ।

  • २० भाद्र २०७९, सोमबार प्रकाशित
  • Nabintech