१६ चैत्र २०८०, शुक्रबार
१६ चैत्र २०८०, शुक्रबार
केन्यामाथि नेपालको सानदार जित, आसिफको शतक
केन्यामाथि नेपालको सानदार जित, आसिफको शतक
  • paschimpatra

काठमाण्डाै ।  आसिफ शेखको शतकको सहयोगमा नेपालले घरेलु टोली केन्याविरुद्धको पहिलो एकदिवसीय खेलमा ७ विकेटको जित निकालेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा शुक्रबार केन्याले दिएको २१९ रनको लक्ष्य नेपालले ४७ ओभर २ बलमा तीन विकेट गुमाएर पूरा गर्यो ।

नेपालको जितमा आसिफ शेखले ११० रनको शतकीय पारी खेले । १२० बल खेलेका उनले १२ चौका र २ छक्का प्रहार गरे । त्यसतै अर्जुन साउदले ६१ रनको अर्धशतकीय इनिङ खेले । ९७ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे । नेपालका लागि ज्ञानेन्द्र मल्लले २४ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले अविजित १५ रन र रोहित कुमार पौड्यलले ३ रन जोडे । केन्याका भिसिल पटेल, रकिप पटेल र कोलिन्स ओबुयाले एकरएक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको केन्याले ४८ ओभर १ बलमा अलआउट भएर २१८ रन बनाएको थियो । केन्याका लागि रकिप पटेल र कोलिन्स ओबुया अर्धशतकीय पारी खेले । पटेलले ६७ रन बनाउँदा ओबुयाले ६२ रनको योगदान गरे । त्यस्तै ईफ्रान करिमले ३१ बनाए । नेपालका लागि सोमपाल कामी र करण केसीले समान तीनरतीन विकेट लिए । त्यस्तै आदिल आलम र पवन सर्राफले समान एकरएक विकेट लिए ।

जितसँगै नेपालले ३ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । नेपालले केन्यासँग भोलि शनिबार दोस्रो खेल खेल्नेछ ।

  • १७ भाद्र २०७९, शुक्रबार प्रकाशित
  • Nabintech