१५ चैत्र २०८०, बिहीबार
१५ चैत्र २०८०, बिहीबार
असहाय छात्रा पुनलाई २५ हजार सहयोग
असहाय छात्रा पुनलाई २५ हजार सहयोग
  • paschimpatra

जाजरकोट । जिल्लाको भेरी नगरपालिका वडा नं. १ की एक असहाय बालिकालाई २५ हजार रकम सहयोग गरिएको छ ।

आमाको मृत्यु भएको र बाबु बेपत्ता भई असहाय बनेकी रितु पुनलाई माद्यमिक तह अध्ययनमा सहयोग पुगोस भन्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको हो ।

भेरी सामुदायिक विकास मन्चले आयोजना गरेको एक कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष दिपक रानाले उक्त रकम हस्तान्तरण गरेका हुन । भेरी सामुदायिक विकास मन्चको पहलमा विकास कोष नर्बेका नेपाल प्रतिनिधि योगि कायस्थको समन्वयमा नेदरल्यान्डका ईनेक क्रोजले उक्त रकम सहयोग गरेका हुन । कक्षा १० मा अध्ययनरत छात्रा पुनको व्यक्तिगत विवरण पठाएपछि नेदरल्याण्डका क्रोजले उक्त सहयोग पठाएको योगि कायस्थले जानकारी दिए ।

आफुले नेपालमा पढ्न चाहेका तर आर्थिक अभावका कारण पढाईबाट बन्चित भएका असहाय बालबालिकाहरु धेरै भएको भनेपछि उक्त रकम आएको भन्दै सो रकम कुनै आयमूलक क्षेत्रमा लगानी गरेर पुनलाई कम्तीमा माद्यमिक तहसम्मको पढाई पुरा गर्न सहयोग पुगोस् भन्ने उद्देश्य रहेको उनको भनाई छ । छात्रा पुनको घराएसी अवस्था दयनीय भएको र पढाईमा समस्या परेकोले उक्त रकम सहयोग गरेको कायस्थले बताए ।

सहकर्मी समाज नेपालको कार्यसञ्जाल संस्थाको रुपमा रहेको भेरी सामुदायिक विकास मञ्चले विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको छ । उक्त संस्थाको आयोजनामा विहिवार वडा नं. १ मा पोषण मेला तथा तीज विशेष कार्यक्रम पनि सम्पन्न भएको छ ।

  • ११ भाद्र २०७९, शनिबार प्रकाशित
  • Nabintech