११ बैशाख २०८१, मंगलवार
११ बैशाख २०८१, मंगलवार
नेकपा एस बाँकेले क्षेत्र नम्बर ३ को उम्मेदवारको नाम टुङ्गायो
नेकपा एस बाँकेले क्षेत्र नम्बर ३ को उम्मेदवारको नाम टुङ्गायो
  • paschimpatra

नेपालगन्ज । सरकारले मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन देशैभरि एकै चरणमा गर्ने घोषणा गरिसकेको अवस्थामा नेकपा एस बाँकेले क्षेत्र नम्बर ३ प्रतिनिधि सभा र प्रदेश सभा उम्मेदवारको नामावली सिफारिस गरेको छ ।

नेकपा एस बाँकेको आज बसेको भेलाले बाँके क्षेत्र नम्बर ३ प्रतिनिधि सभा र प्रदेश सभा र समानुपातिक उम्मेदवारको नामावली सिफारिस गरेको छ ।

नेकपा एसले क्षेत्र नम्बर ३ प्रतिनिधि सभाको लागी प्रत्यक्षतर्फ पुर्व राज्यमन्त्री समेत रहेका दलबहादुर सुनारको नाम सिफारिस गरेको छ भने समानुपातिक तर्फ होमनाथ सापकोटाको नाम सिफारिस गरेको छ ।

त्यस्तै नेकपा एसले बाँके क्षेत्र नम्बर ३ प्रदेश सभा सदस्य (क) को लागी प्रत्यक्षतर्फ दिपक जिएम, भगवती शाह र लक्ष्मि सिंह ठकुरी र समानुपातिक तर्फ मन कुमारी चन्द, सन्तबिर सुनार, खड्क बहाफुर रजाली र मकवुल खाँको नाम सिफारिस गरिएको नेकपा एस क्षेत्र नम्बर ३ प्रदेश (ख)का संयोजक ऋषि पोखरेलले बताएका छन् ।

पोखरेलका अनुसार नेकपा एसले बाँके क्षेत्र नम्बर ३ प्रदेश सभा सदस्य (ख) प्रत्यक्षतर्फ इन्द्र बहादुर थापा, लाल बहादुर खत्री, भद्र प्रसाद देवकोटा र रुपा रावल र समानुपातिक तर्फ मकवुल अहमद कुरेसी, सरुप कादु, गौरिलाल कामी, रज्जव अलि हलवाई र राम कुमार कादुको नाम सिफारिस गरिएको छ ।

  • ६ भाद्र २०७९, सोमबार प्रकाशित
  • Nabintech