२२ कार्तिक २०८३, शनिबार
२२ कार्तिक २०८३, शनिबार
मोहम्मद शमीको टेस्ट क्रिकेटबाट सन्यास
मोहम्मद शमीको टेस्ट क्रिकेटबाट सन्यास
  • न्युज डेस्क

२१ कात्तिक काठमान्डौ । भारतीय तीव्र गतिका बलर मोहम्मद शमीले टेस्ट क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । उनले गएराति सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै टेस्ट क्रिकेटबाट सन्यास लिएको जानकारी दिएका हुन् ।

पहिलोपटक भारतको टेस्ट जर्सी लगाउँदा देशका लागि केही गर्ने एउटा सपना मात्रै थियो । त्यसपछि प्रत्येक विकेट, संघर्ष, चोट र चोटबाट फर्किने हरेक प्रयासले मलाई केही न केही सिकायो,’ उनले लेखेका छन् ।टेस्ट क्रिकेट आफ्नो लागि खेलको एउटा स्वरूप मात्र नभई जीवनकै विशेष हिस्सा रहेको उल्लेख गर्दै उनले अनगिन्ती सुन्दर सम्झनासहित भारी मनले सन्यासको निर्णय लिएको बताएका छन् ।३६ वर्षीय शमीले भारतका लागि ६४ टेस्ट खेल्दै २२९ विकेट लिएका छन् । उनी सन् २०२५ को च्याम्पियन्स ट्रफीपछि भारतीय राष्ट्रिय टोलीबाट बाहिर छन् ।टेस्ट क्रिकेटबाट सन्यास लिए पनि शमीले सीमित ओभरको क्रिकेट खेल्न भने जारी राख्ने बताएका छन् ।

  • २२ कार्तिक २०८३, शनिबार प्रकाशित
  • Nabintech