१९ कार्तिक २०८३, बुधबार
१९ कार्तिक २०८३, बुधबार
आन्द्रे रसेलले विराटनगरबाट एनपीएल खेल्ने
आन्द्रे रसेलले विराटनगरबाट एनपीएल खेल्ने
  • न्युज डेस्क

२ कात्तीक काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणका निम्ति विराटनगर किंग्सले विश्व क्रिकेटका चर्चित अलराउन्डर आन्द्रे रसेललाई अनुबन्ध गरेको छ । आइतबार विराटनगरले प्रतियोगिताका निम्ति रेसेललाई भित्र्याइएको जनाएको हो ।वेस्ट इन्डिजका अनुभवी खेलाडी रसेललाई ट्वान्टी–२० क्रिकेटका सबैभन्दा खतरनाक अलराउन्डरमध्ये एक मानिन्छ । दबाबपूर्ण अवस्थामा पनि खेलको दिशा परिवर्तन गर्न सक्ने क्षमता भएका उनले आफ्नो आक्रामक खेलशैलीमार्फत विश्व क्रिकेटमा छुट्टै प्रभाव जमाएका छन् ।

रसेलले सन् २०१० मा वेस्ट इन्डिजको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो यात्रा सुरु गरेका थिए । उनले २०१२ मा वेस्ट इन्डिजलाई श्रीलंकामा भएको आईसीसी पुरुष टी–२० विश्वकप जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । २०१६ मा भारतमा भएको टी–२० विश्वकप जित्दा पनि उनी वेस्ट इन्डिज टोलीका महत्त्वपूर्ण सदस्य थिए ।

  • ३ कार्तिक २०८३, सोमबार प्रकाशित
  • Nabintech