२० कार्तिक २०८३, बिहीबार
२० कार्तिक २०८३, बिहीबार
रुकुमपश्चिममा जीप दुर्घटना २ जनाको मृत्यु , ९ जना घाइते
रुकुमपश्चिममा जीप दुर्घटना २ जनाको मृत्यु , ९ जना घाइते
  • न्युज डेस्क

२८ भदौ रुकुमपश्चिम । रुकुमपश्चिममा जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ।आइतबार बिहान भएको दुर्घटनामा चालक र एक जना महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी बेदबहादुर पौडेलले जनाएका छन्।मृतकको पहिचान भइसकेको छैन ।उनका अनुसार दुर्घटनामा परी थप चार जना गम्भीर र थप पाँच जना मध्यम घाइते छन् । दुर्घटनामा वडा सदस्य वलबहादुर पुन सहित ९ जना घाइते भएको खबर छ ।

आइतबार बिहान ८ बजे सानीभेरी गाउँपालिका–६ कोट बाट खलंगा जाँदै गरेको लु१च ६०२९ नम्बरको डबल क्याप जिप भीरबाट झन्डै १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

  • २८ भाद्र २०८३, आईतवार प्रकाशित
  • Nabintech