२२ कार्तिक २०८३, शनिबार
२२ कार्तिक २०८३, शनिबार
जाजरकोट पहिरोमा थप एकजनाको शव भेटियो, मृतकको संख्या चार पुग्यो
जाजरकोट पहिरोमा थप एकजनाको शव भेटियो, मृतकको संख्या चार पुग्यो
  • paschimpatra

जाजरकोट । भेरी नगरपालिका–२ मा गएको पहिरोमा बेपत्ता भएका थप एकजनाको शव फेला परेको छ। पहिरोमा पुरिएका ७० वर्षीय भीमबहादुर कार्कीको शव घरबाट करिब ५० मिटर तल पहिरोमा पुरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

भीमबहादुरको शव भेटिएसँगै उक्त पहिरोमा परी ज्यान गुमाउनेको संख्या चार पुगेको छ। यसअघि पहिरोमा परी घाइते भएका ५२ वर्षीय केदार कार्कीको उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो।

त्यस्तै, शनिबार साँझदेखि सम्पर्कविहीन रहेका ५४ वर्षीय ओमसिंह खत्री र उनकी आमा रती खत्रीको शव पनि पहिरोबाट निकालिएको थियो।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी बुद्धिसागर पुरीका अनुसार पहिरोमा बेपत्ता भएका व्यक्तिको खोजी तथा उद्धारका क्रममा भीमबहादुरको शव फेला परेको हो। घटनापछि स्थानीय, प्रहरी तथा उद्धार टोलीले पहिरो प्रभावित क्षेत्रमा खोजी कार्यलाई निरन्तरता दिएका छन्।

  • ३१ श्रावण २०८३, आईतवार प्रकाशित
  • Nabintech