२२ कार्तिक २०८३, शनिबार
२२ कार्तिक २०८३, शनिबार
प्यूठानमा ४ जनाकोे शव फेटियो
प्यूठानमा ४ जनाकोे शव फेटियो
  • न्युज डेस्क

२८ साउन, प्यूठान । प्यूठानमा ४ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जिल्लाका को स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा माडी र लुङ्ग्री खोला किनारमा बिहीबार चार जनाको शव फेला परेको हो ।स्वर्गद्वारी नगरपालिका–९ जुडापाटास्थित माडी खोलाको किनारमा करिब १२ वर्षीय बालकको शव फेला परेको छ ।

त्यस्तै, स्वर्गद्वारी–३ किमिचौरस्थित माडी खोलाको किनारमा कम्मरभन्दा माथिको भाग मात्र रहेको पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।स्वर्गद्वारी–४ गोठीबाङमा पनि एक महिलाको शव फेला परेको छ । यसैबीच, बिहान करिब ९ः३० बजे स्वर्गद्वारी–५ सरोजास्थित लुङ्ग्री खोलाको किनारमा टाउको र बायाँ खुट्टा नभएको अवस्थामा महिलाको शव फेला परेको छ ।फेला परेका शवको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए।

  • २८ श्रावण २०८३, बिहीबार प्रकाशित
  • Nabintech