
दीपक शर्मा
५ असार बर्दिया । बर्दियामा १ किलो भन्दा बढि अफिम सहित ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बर्दियाको गुलरिया नगरपालिका ८ मा एक घरमा लुकाई छिपाई अफीम राखिएको भन्दै सूचनाका आधारमा प्रहरीले गएराति छापा मार्दा एक किलो ९ सए २६ ग्राम अफिम सहित जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका ४ का ४६ वर्षिय यनबहादुर रावत, सोहि स्थानका ४२ वर्षिय लोकेन्द्रबहादुर रोकाए र रोल्पा गंगादेबी गाउँपालिका ६ का ४८ वर्षिय केशर सिह केसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुलरिया बर्दियाका सूचना अधिकारी एंव प्रहरी नायव उपरिक्षक रेशम बोहराले जानकारी दिनु भयो ।
उहाका अनुसार भे ९ प ६२९६ नम्वरको मोटरसाइकल ४ थान मोवाइल र ८ हजार ३ सए भारतिय रुपैया पनि उनिहरुबाट बरामद भएको बताउनु भयो ।