
२२ बैशाख बाँके । बाँके प्रहरीले खुकुरी समातेर सामाजिक सञ्जालमा फोटो तथा भिडिओ राख्ने दुई युवालाई पक्राउ गरेको छ।प्रहरीका अनुसार नेपालगन्ज उपमहानगरपालिका–४ का ३० वर्षीय अजय कुमाल र डुडुवा गाउँपालिका–४ का २६ वर्षीय अनिल खटिक पक्राउ परेका हुन्।जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीका अनुसार कुमालले अजय मगर नामको र खटिकले अनिल सोनखर नामको आइडीबाट हातमा खुकुरी समातेको भिडिओ पोस्ट गरेका थिए।
आम जनमानसमा डरत्रास एवं समाजलाई आतंकित पार्ने किसिमका अस्वाभाविक गतिविधि गरेको कसुरमा उनीहरूलाई पक्राउ गरिएको डिएसपी पातलीले बताए।