
१९बैशाख बाँके । बाँकेमा जेनजी आन्दोलनका दुई सहिद युवाको अर्धकदको शालिक अनावरण गरिएको छ।नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १, धम्बोझीस्थित वाटरपार्क परिसरमा निर्माण गरिएको सहिद शुलभराज श्रेष्ठ र आयुष थापाको शालिक आज एक समारोहबीच अनावरण गरिएको हो।
गत भदौ २३ गते काठमाडौं मा भएको जेनजी आन्दोलनका क्रममा नेपालगन्ज धम्बोझीका यी दुई युवाले सहादत प्राप्त गरेका थिए।