२३ कार्तिक २०८३, आईतवार
२३ कार्तिक २०८३, आईतवार
आज वैशाख शुक्ल पूर्णिमाः २५७०औँ बुद्ध जयन्ती मनाइँदै
आज वैशाख शुक्ल पूर्णिमाः २५७०औँ बुद्ध जयन्ती मनाइँदै
  • न्युज डेस्क

१८ बैशाख काठमाडौं । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५७०औँ जयन्ती मानिन्छ । बुद्धलाई भगवान् विष्णुको नवौँ अवतारका रूपमा लिइएको छ ।प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ ।सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण मुत्यु वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।

‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’, यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५७०औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो ।

  • १८ बैशाख २०८३, शुक्रबार प्रकाशित
  • Nabintech