२३ कार्तिक २०८३, आईतवार
२३ कार्तिक २०८३, आईतवार
२० दिनको अन्तरालमा फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
२० दिनको अन्तरालमा फेरि बढ्यो सार्वजनिक यातायातको भाडा
  • न्युज डेस्क

१६ बैशाख काठमान्डौं  । सार्वजनिक यातायातको भाडा फेरि बढेको छ । पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर वृद्धि भएपछि यातायात व्यवसायीहरूको मागका आधार सरकारले पुनः भाडा वृद्धि गरेको हो ।बुधबार एक विज्ञप्ति जारी गर्दै सार्वजनिक यातायात व्यवस्था विभागले अन्तर प्रदेश सञ्चालन हुने सार्वजनिक यातायात तथा मालवाहक सवारीसाधनको भाडादर समान ५ प्रतिशतले वृद्धि गरेको जनाएको हो ।यसअघि २५ चैतमा सरकारले भाडा समायोजन गरेको थियो ।

अन्तर प्रदेश सार्वजनिक सवारीसाधनको भाडा समायोजन गर्दा आधार मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशतले वा सोभन्दा बढीले बढेमा वा घटेमा वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रूपमा भाडा समायोजन गर्ने व्यवस्था रहेको छ ।सोही व्यवस्थाबमोजिम पछिल्लोपटक डिजेलको मूल्य प्रतिलिटर ५५ रुपैयाँसम्मले वृद्धि भएपछि करिब २० दिनको अन्तरालमै पुनः भाडा समायोजन गर्नुपरेको विभागले जनाएको छ ।

  • १६ बैशाख २०८३, बुधबार प्रकाशित
  • Nabintech